चैत्राष्टमी पर्व को अवसरमा आयोजित चैत्राष्टमी कप अन्तर कलेज फुटवल प्रतियोगिताको उद्घाटन गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले चैत्राष्टमी मेलाको शुमारम्भ गरेका छन् ।उनले स्वस्थ्य जीवनका लागि खेल अति आवश्यक भएकाले खेल क्षत्रको बिकासका लागि कालिका गुठीले संचालन गरेको अभियान सकरात्मक भएको भन्दै प्रशंसा गरेका थिए भने जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले खेल मानवीय मस्तिष्कसंग सम्वन्धित भएकाले खेलको सहि सदुपयोग हुनुपर्ने बताए । कार्यक्रममा चैत्राष्टमी पर्व र समग्र कार्यक्रमको वारेमा गुठीका अध्यक्ष राजु खड्काले जानकारी गराएका थिए ।
फ्युचर ब्राइटर स्पोट क्लव र बागलुङ खेलकुद क्लवको संयोजनमा प्रतियोगिता शुरु भएको हो । चैत्राष्टमी पर्वको अवसरमा पहिलो पटक आयोजना गरिएको फुटवल प्रतियोगिताको उद्घाटन खेलमा धौलागिरि बहुमुखी क्याम्पस बिजयी भएको छ । क्याम्पसले प्राविधिक शिक्षा प्रतिष्ठानलाई १ का विरुद्ध ४ गोल अन्तरले पराजित गरि बिजयी भएको हो । निर्धारीत समयमा दुवै समुहको गोल नभएपछि ट्राइबेकरमा क्याम्पसले ४ गोल गर्न सफल भएको थियो भने प्रतिष्ठानले १ गोल मात्र गरेको थियो ।
उद्घाटन कार्यक्रम कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काको अध्यक्षता फ्युचर ब्राइटर स्पोट क्लवका अध्यक्ष एवँ फ्युचर ब्राइटर बोडिङका प्रिन्सीपल बालकृष्ण शर्माको स्वागत र पत्रकार ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । २१ गते सम्म संचालन हुने प्रतियोगितामा १२ टिमको सहभागीता रहेको र भोलिको खेल बिहान ८ बजे बिद्यामन्दिर माविका बिरुद्ध आदर्श बिद्या मन्दिर, दिउँसो २ बजे मुलपानी मावि र न्यु ओयसिस तथा दिउँसो ४ बजे अमृत आदर्श र सनराइज बोडिङ स्कुलका बिच हुने प्रतियोगिताका संयोजक फडिन्द्र खड्काले जानकारी दिए ।






























































































































































































