गलकोट हटियामा प्रेस सेन्टर नेपाल गलकोट नगर समितिको आयोजना ५ दिने उदघोषण तथा पत्रकारिता तालिम शुरू भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रेस सेन्टर नेपालका प्रदेश सल्लाहकार मुकेश राजभण्डारीले गरेका थिए । सो अवसरमा राजभण्डारीले मर्र्यािदत र जवाफदेहि पत्रकार र पत्रकारिता अहिलेको आवश्यकता भएकाले गाउको विकास र समृद्ध गलकोट निर्माणको लागि यस तालिम कोशेढुंगा सावित हुने बताए ।
कार्यक्रमम नेपाली काग्रेस गलकोट नगर समितिका सदस्य नन्दराज शर्मा , नेकपा एमालेका जिल्ला सदस्य बुलबहादुर केसी, नेकपा माओवादी गलकोट नगर समितिका अध्यक्ष तिलक उप्रेती , राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य पदम श्रेष्ठ ,ईलाका प्रहरी कार्यालय गलकोट प्रहरी प्रमुख अर्जुन ध्वज अधिकारी , गलकोट पत्रकार समाजका अध्यक्ष मित्र खरेल, भूपु सैनिक महासंघ नेपाल केन्द्रीय सदस्य सुवेदार टिका बहादुर थापा,गलकोट नगर भूपू सैनिक संघका अध्यक्ष छुमबहादुर थापा,महिला जागरण केन्द्रका अध्यक्ष मन्जु शर्मा चालिसे,प्रेस सेन्टर नेपाल बागलुङ अध्यक्ष राम थापा अविरल, प्रेस सेन्टर नेपाल ४ नं प्रदेशका सहसचिव सन्तोष गौतमले मन्तव्य व्यक्त गरेका थिए ।
गलकोट नगर समितिका अध्यक्ष थम्मन थापाको अध्यक्षता ,प्रेस सेन्टर नेपाल गलकोट नगर समितिका सदस्य सरिता खत्रीको स्वागत र पूर्णभद निउरेको संचालन र भएको थियो । तालिममा ६० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।






























































































































































































