नेपाल विद्यार्थी संघ धवलागिरी बहुमुखी क्याम्पसले नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य तथा नेपाली काग्रेस जाजरकोटका युवा नेता रविन्द्र शाहको निर्ममतापूर्ण हत्याको विरोध गर्दै हत्यारा पत्ता लगाइ कडा भन्दा कडा कारबाही र शान्ति सुव्यवस्था हुनुपर्ने मागसहित ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयलाइ बुझाइएको छ ।
लोकतन्त्रमा शान्ति,शुरक्षा,अमनचयन र शुसासन कायम गर्न सरकार चुकेको भन्दै नालायकी सरकारको विरोध गर्दै ज्ञापन पत्र पेश गरिएको नेपाल विद्यार्थी संघ जिल्ला सचिव श्रीकृष्ण पौडेलले बताए । सो ज्ञापन पत्र नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा र नेविसंघ जिल्ला अध्यक्ष खड्क थापाले प्रधानमन्त्रीको कार्यालयमा पठाइदिन प्रमुख जिल्ला अधिकार समक्ष बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै प्रजिअ पाण्डेले चाँडो भन्दा चाँडो प्रधानमन्त्रि कार्यालयमा पठाउने बताए ।
गत मंगलबार जाजरकोट सदरमुकाम खलंगा नजिक बाटो हिडिरहेको अवस्थामा अज्ञात समुहद्धारा ढुंगा प्रहार गरी भिरबाट फालेर हत्या गरेका थिए ।सो कार्यक्रम नेपाल विद्यार्थी संघ धवलागिरी बहुमुखी क्याम्पस इकाइ सभापति दिनेश पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































