चैत्राष्टमी मेला ०७३ को अवसरमा आयोजित कालिका कप भलिबल प्रतियोगिताको दोस्रो दिन ७ वटा प्रतिस्पर्धाहरु सम्पन्न भएका छन । शनिवार भएका प्रतियोगिताहरुमा तित्याङ लाई हरीचौरले पराजित गरेको छ । यसै गरी राङखानीले सिगानालाई, हिलले लेखानीलाई तथा सिसाखानीले कादेशलाई पराजित गरेको छ ।
यसै गरी भिमापोखराले दुदिलाभाटीलाई तथा डाडाखर्क पर्वतले मल्मलाई पराजित गरेको छ । शनिवारको अन्तिम खेलमा जैदीलाई बोहोरागाउंले पराजित गरेको छ ।
आइतवार नरेठाटी र घतान तथा रेश र कुर्घा बिच प्रतिस्पर्धा हुनेछ । यसै गरी कुश्मिशेरा र तंग्राम तथा धम्जा र हरीचौर बिच पनि खेल हुनेछ । साथै देविस्थान र भिमापोखरा तथा हिल र सिसाखानी बिच आइतबार नै प्रतिस्पर्धा हुनेछ । कालिका कप भलिबलमा २४ टिमको सहभागिता रहेको छ । भलिबलका बिजेताले नगद १ लाख ३३ हजार ३ सय ३३, उप बिजेताले ८८ हजार ८ सय ८८ तथा तेस्रो हुने २ टिमलाई २०।२० हजार पुरस्कार रहेको छ । भलिबल २२ गतेसम्म चल्ने छ ।
यसै गरी चैत्राष्टमी मेलाको मुख्य आकर्षणको रुपमा रहेको राष्ट्यि लोक दोहोरी गित प्रतियोगिता शनिवार दिउसो प्रारम्भ भएको छ । प्रतियोगिताको बागलुङका राजनैतिक दलका नेताहरुले सामूहिक रुपमा शुभारम्भ गर्नु भएको थियो । मेला ब्यवस्थापन समितिका मूल संयोजक राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलहरुको तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले शुभ कामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्यि लोक तथा दोहोरी गित प्रतिष्ठानका जिल्ला अध्यक्ष किरण थापाले स्वागत, लक्ष्मी बोहोराको संचालनमा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष एवं मेलाका मुख्य निर्णायक रमेश बिजिले लोक दोहोरी गित प्रतियोगिताका सम्बन्धमा जानकारी गराउनु भएको थियो । दोहोरीका विजेताले १ लाख तथा उप बिजेताले ५० हजार जित्ने छन । तेस्रो हुने टिमले ३० हजार जित्ने छन ।
लोक दोहोरीमा १२ टिमले भाग लिएका छन । प्रतियोगितासंगै स्थानिय तथा राष्ट्यि कलाकारहरुको विशेस प्रस्तुती रहने छ । चैत्राष्टमी मेला ०७३ मूल समारोहको उद्घाटन चैत्र २१ गते सोमवार उप–प्रधान, संघियमामिला तथा स्थानिय विकास मन्त्रि कमल थापाले गर्नु हुनेछ । मेला २३ गतेसम्म चल्ने छ























































































































































































