४ कार्तिक २०८३, मंगलवार

 

महान्यायाधिवक्ता श्रेष्ठ सम्मानित

महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठलाई एक समारोह विच सम्मानित गरिएको छ । नेपाल भाषा मंका खल लगाएत १४ संस्थाहरूले श्रेष्ठलाई सम्मान गरेको हो । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं ४ देउराली चोकमा जन्मेका श्रेष्ठ बागलुङ जिल्लाबाट महान्यायाधिवक्ता हुने पहिलो व्यक्ति हो । सम्मान कार्यक्रम बोल्दै श्रेष्ठले यस खालको सम्मानले मलाई अझ जिम्मेवार बनाएको बताए । आफ्नो कर्तव्य पुरा गरेर देश ,समाज र नागरिक समाजको अपेक्षा पुरा गरेर देखाउने उनले बताए । महान्यायाधिवक्ता श्रेष्ठको परिचय साहित्यकार प्रेम छोटाले राखेका थिए । स्वागत तथा सम्मान समारोहका संयोजक काजी गाउँले श्रेष्ठले महान्यायाधिवक्ता श्रेष्ठलाई कदर पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
सम्मान समितिका संयोजक काजी गाउँले श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत, राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेश राजभण्डारी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको धन्यवाद भएको कार्यक्रमको सञ्चालन बागलुङ जेसिजका अध्यक्ष जोन बजार्चायको संचालनमा भएको थियो । बुबा राजकुमार श्रेष्ठ र आमा बुद्धि कुमारी श्रेष्ठको जेठा छोरा श्रेष्ठले वि.सं २०३६ सालमा धौलागिरि वीरेन्द्र माविबाट एस.एल.सी दिएका थिए ।

जेलबाटै पढाई अगाडि बढाएका रमन श्रेष्ठ राजनैनिक आस्थाका आधार पञ्चायती शासकले पटकपटक समातेर सेन्टर जेल, भदगोल जेल र नंखु जेलमा राखेका थिए! अखिल छैठौं केन्द्रीय अध्यक्ष ,नेकपा मशालको क्षेत्रीय व्युरो सदस्यको समेत राजनीतिक जिम्मेवारी सम्हालि सकेका श्रेष्ठले वि.सं २०६४ सालमा युद्ध विराम आचार सहिता राष्ट्रिय अनुगमन समितिका सदस्य , नेपाल वार एशोसियसनका महासचिव र गणतन्त्रिक प्रगतिशील कानुन व्यवसायीका अध्यक्षको समेत जिम्मेवारी सम्मालि सकेका छन ।

फोटोः मञ्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung