५ श्रावण २०८३, मंगलवार

 

नेपाली कांग्रेसको वडा अगुवा कार्यकर्ता भेला सम्पन्न

आगामी स्थानीय निर्वाचनलाई लक्षित गरि बानपा —६ सिममा सम्पन्न अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चम्फा खड्काले मुलुकको विकास र जनताको उन्नतिका लागि रूख चिन्हमा मतदान गरि नेपाली काँग्रेसलाई विजयी गराउन अपिल गरेकी छिन् ।
जनतालाई काँग्रेसको विचार र कार्यक्रमका बारेमा जानकारी गराउन अगुवा कार्यकर्तालाई निर्देशन दिँदै सबै एक भएर पार्टी लाई सफल बनाउनु पर्नेमा जोड दिएकी हुन् । सो अवसरमा नेपाली काँग्रेस बागलुङका पुर्व सभापति हरिप्रसाद श्रेष्ठ, महाधिवेशन प्रतिनिधी तथा जिल्ला सदस्य जगदीशचन्द्र उपाध्याय,महाधिवेशन प्रतिनिधि तथा नेपाल महिला संघका केन्द्रीय सदस्य पार्वती आचार्य, जिल्ला सदस्यहरु वसन्त कुमार श्रेष्ठ, नरबहादुर किसान, सहदेव राजभण्डारी, नगर सभापति महेन्द्र आचार्य, नगर कोषाध्यक्ष प्रमिला राजभण्डारी, नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्मा, नेविसंघका अध्यक्ष खड्क थापा, नेपाल प्रेस युनियन जिल्ला सभापति नरेश कँडेल, क्षेत्रिय सदस्य तेजबहादुर कुँवर सन्तोष, राजु केसी, बानपा २ का संयोजक सुरेन्द्र बोसेल, बानपा ३ का सह संयोजक नगेन्द्र केसी, बानपा ४ का संयोजक सन्तोष जिसी, बानपा ४ का सह संयोजक भोलानाथ आचार्य, बानपा ५ का संयोजक फुल प्रसाद सापकोटा, बानपा ६ का संयोजक बालकृष्ण सापकोटा, बानपा ६ का सह संयोजक पदम बहादुर क्षेत्री, बानपा ७ का संयोजक शशीधर गौतम, बानपा ७ का सहसंयोजक पदम बहादुर गौतमलगायतले आफ्नो मन्तव्य राखेका थिए
क्षेत्रिय सभापति चिरञ्जीवी गौतमको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत उपसभापति शिव प्रसाद कँडेल र सञ्चालन सचिव केशब थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung