३ जेष्ठ २०८१, बिहीबार

 

माओवादी केन्द्रको बैठक आइतबार देखि सुरु

स्थानीय निर्वाचनलाइ केन्द्रित गरेर नेकपा माओवादी केन्द्रको कार्यालयको बैठक आइतबार देखि बागलुङमा सुरु भएको छ । उक्त बैठकले आगामी बैशाख ३१ गते हुने निर्वाचनलाई केन्द्रित गरी निर्वाचन परिचालन समिती गठन गर्ने,चैत्र मसान्तसम्म गाउँ ,नगर सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । बैशाख ५ गते भित्र उम्मेद्वारहरुको टुङ्गो लगाउनका लागि गाउँ र नगर समितिहरुले जिल्लालाई उम्मेद्वारहरुको नामावली उपलव्ध गराउन निर्देशन दिएको जिल्ला इन्चार्ज चन्द्र बुढा सागरले बताए  ।

प्रतिक्रिया दिनुहोस्