बागलुङ,२१ चैत्र
श्री राधाकृष्ण मन्दिर सेवा समिति बागलुङको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्लाको पुरानो मन्दिर मध्येको एक राधाकृष्ण मन्दिरको आज एक कार्यक्रमको बीच प्रमुख अतिथि भरतकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले राधाकृष्ण मन्दिरलाइ व्यवस्थित गर्दै धार्मिक पर्यटन केन्द्रको रुपमा विकाश गर्नुपर्ने बताए । उक्त कार्यक्रममा शुभकामना मन्तव्य विशिष्ठ अतिथि पुष्पमान श्रेष्ठ,समाजसेवी देवबहादुर श्रेष्ठ, डा. कृष्णबहादुर श्रेष्ठ,सत्यसाही केन्द्रका अध्यक्ष मनमाया श्रेष्ठ लगायतले बोलेका थिए ।कार्यक्रममा सचिव हरिप्रसाद उपाध्यायले प्रगति प्रतिवेदन,कोषाध्यक्ष श्रीमती इन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।समितिका अध्यक्ष रमेश राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष लालचन्द्र राजभण्डारी र सञ्चालनसचि हरिप्रसाद उपाध्ययले गरेका थिए ।













































































































































































































