२८ बैशाख २०८१, शुक्रबार

 

नेपाल शिक्षक संघको प्रथम स्थानीय अधिवेशन काठेखोलामा सम्पन्न

नेपाल शिक्षक संघ काठेखोला गाउँ कार्य समितिको प्रथम स्थानीय अधिवेशन सम्पन्न भएको छ । सो अवसरमा नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलले शिक्षकहरुले आ—आफ्नो हकहितका बारेमा आवाज उठाउदै गर्दा शिक्षाको गुणस्तरलाइ समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको औल्याए । सो अवसरमा नेपाली काग्रेस सभापति दिपेन्द्रबहादुर थापा,नेपाली काग्रेस पूर्व सभापति एवं सासंदहरु गोविन्द कडेँल,टंक कडेँल,नेपाली काग्रेस क्षेत्र १ का सभापति चिरञ्जिवी गौतम,नेपाल शिक्षक संघ महिला उपाध्यक्ष सिता शर्मा,नेपाल शिक्षक संघ अर्थ सचिव लक्ष्मीकान्त शर्मा राजेन्द्र,नेपाल शिक्षक संघ केन्द्रिय प्रतिनिधीहरु ज्ञानु शर्मा श्रीस,हुमा रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम काठेखोला गाउँ कार्य समितिका संयोजक जगुपति कडेँलको अध्यक्षता, गाउँ कार्य समिति विहुँकी पूर्व महिला संयोजक तुल्सी कडेँल स्वागत र शिक्षक संघका विशिष्ठ अतिथि मानबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

उक्त अधिवेशनले गाउँ कार्य समिति काठेखोलाका संयोजक जगुपति कडेँलको संयोजकत्वमा २६ सदस्यीय नेपाल शिक्षक संघ काठेखोला गाउँ कार्य समिति समेत गठन गरिएको नेपाल शिक्षक संघका अर्थ सचिव लक्ष्मीकान्त शर्मा राजेन्द्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्