७ जेष्ठ २०८१, सोमबार

 

५५ तिव्वती शरणार्थीहरुको परिचय पत्र नविकरण

जिल्ला प्रशासन कार्यालय बागलुङले ५५ जना तिव्वती शरणार्थीहरुको परिचय पत्र नविकरण गरेको छ । ३२ पुरुष र २३ महिला शरणार्थीहरुको परिचय पत्र नविकरण गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए । ढोरपाटन नगरपालिका वडा नं ९ मा एक कार्यक्रमको बिचमा उनीहरुलाइ परिचय पत्र नविकरण गरिएको थियो ।

सन १९५९ मा तिव्वतबाट आएका शरणार्थीहरुलाइ स्वीस सरकार र नेपाल सरकारले ढोरपाटन शरणार्थी सिविरमा राखिएको थियो । ढोरपाटनबाट पछिल्लो समयमा विदेश पलायन हुने क्रम बढेको छ ।

त्यहाँ उनीहरुको धर्म र भाषाअनुसारको पढाइको व्यवस्था पनि नभएकाले उनीहरुका बालबालिकाहरुको शिक्षा,रोजगारी र नागरिकताको नेपाल सरकारसँग माग गरेको स्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्