३ श्रावण २०८३, आईतवार

 

प्रदेश नम्वर ४ लाई आर्थिक र व्यवसायिक रुपमा सुदृढ गर्न पहल गर्छु— केस श्रेष्ठ

- जिल्ला नगर उद्योग बाणिज्य संघलाई आर्थिक रुपमा सवल बनाउछु— उपाध्यक्ष श्रेष्ठ

उद्योग बाणिज्य महासंघको प्रदेश नम्वरबाट केन्द्रिय सदस्यमा निर्वाचित निर्माण कुमार श्रेष्ठ बासुले ४ नम्वर प्रदेशलाई आर्थिक र व्यवसायिक रुपमा सुदृढ तुल्याउन आफ्नो कार्यकालमा पहल गर्ने बताए । नवलपरासीदेखि ढोरपाटनसम्म रहेको यस क्षेत्रलाइ उद्योग,व्यापार,उर्जा,पर्यटन,शैक्षिक तथा धार्मिक तथा सास्कृतिक गन्तव्यको रुपमा विकास गर्न उद्योग बाणिज्य महासंघमार्फत निजी क्षेत्रलार्इँ यो क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न आफु लागि पर्ने बताए ।

प्रदेश नम्वर ४ बाट लेखनाथ उद्योग बाणिज्य संघको तर्फबाट चुनावी मैदानमा प्रतिष्पर्धा गरेका बावुराम गिरीलाइ ५ मतले पछि पार्दै श्रेष्ठ विजयी भएका हुन । कुल खसेको मतको श्रेष्ठले ९ मत र गिरीले ४ मत प्राप्त गरेका थिए ।

जिल्ला नगर उद्योग बाणिज्य महासंघको केन्द्रिय उपाध्यक्षमा निर्वाचित प्रमोद श्रेष्ठले अप्ठ्यारो स्थितिमा गुज्रिरहेको जिल्ला नगर उद्योग बाणिज्य महासंघलाई माथि उठाउनु आफ्नो प्राथमिकता भएको बताए ।

‘जिल्ला नगर उद्योग बाणिज्य संघलाइ व्यवसायिक रुपमा बलियो बनाएर नेपाल सरकार,नगरपालिका र निजि क्षेत्रको संयुक्त पहलमा हामीले देशलाई आर्थिक रुपमा बलियो बनाउनु छ, त्यसैले रोजगारीको सिर्जना गर्ने,राज्यले कर पाउने र व्यवसायहरुले मुनाफा कमाउने कार्यक्रम ल्याउछु ।’ श्रेष्ठले भने ।
उद्योग बाणिज्य महासंघको ५१ औँ बार्षिक अधिवेशनबाट केन्द्रिय उपाध्यक्षमा कोहलपुर उद्योग बाणिज्य संघबाट चुनावमा प्रतिष्पर्धा गरेका दिनेश श्रेष्ठलाइ ७ मतले पछि पार्दै प्रमोद श्रेष्ठ विजयी भएका थिए । कुल खसेको मतको प्रमोद श्रेष्ठले ५५ र दिनेश श्रेष्ठले ४८ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung