
पछिल्लो क्रममा सहकारी अध्ययन अवलोकनका लागि यहाँ स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङमा देशभरमा सञ्चालित सहकारी संस्थाका सहकारीकर्मीहरुको संख्या एकदमै वढ्दै गईरहेको छ ।
सिवाईसी साकोसले छोटो समयमा आफुले सञ्चालन गरेका गतिविधिहरुवाट देशभरमा आफ्नो छविलाई स्थापीत गर्न सफल भएको र यसले गर्ने बचत तथा ऋणको कारोवार बाहेक सामाजिक सुरक्षा तथा मानविय समवेदनाका कार्यहरुवाट समुदायमा बनाएको उँचो छवि र संस्था सञ्चालन प्रकृयामा ल्याएका नयाँ, नौला र फरक प्रयासहरुले गर्दा यस संस्थाको स्थलगत अवलोकनमा आउनेको संख्या बढेको हो । यस आ.व.मा आजको दिनसम्म संस्था अवलोकन गर्न आउनेको संख्या ३ हजार भन्दा वढि भईसकेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।
यहि क्रममा आजको दिनमा मात्र अटोमोवाईल साकोस नारायणघाट र अर्थव साकोस चितवनको टोलीले सिवाईसी साकोसको स्थलगत अवलोकन गरी संस्थाहरुविच छलफल, अनुभव आदानप्रदान र अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरकृया कार्यक्रममा अटोमोवाईल साकोसको तर्फवाट भ्रमणका लागि सिवाईसी रोजाईमा पर्नुको उद्देश्य र आशा अपेक्षाका बारेमा संस्थाका अध्यक्ष भिमलाल निउरेले बताउनु भएको थियो भने अर्थव साकोसको तर्फवाट संस्थाका अध्यक्ष विष्णु प्रसाद शर्माले गर्नुभएको थियो । त्यस्तै सिवाईसी साकोसले सञ्चालन गरेका गतिविधि तथा समग्र जिल्लाको सहकारी अभियानको बारेमा संस्थाका अध्यक्ष पौडेलले जानकारी गराउनु भएको थियो । उहाँले सिवाईसीको सुरुवात, संस्था सञ्चालन प्रकृया, संस्थाले प्रदान गर्दै आईरहेको वित्तीय तथा गैर वित्तीय सेवाहरु, सदस्यहरुको सन्तुष्टीका क्षेत्रमा गरेका कार्यहरु, सामाजिक सुरक्षा तथा मानविय समवेदनामा संस्थाले प्रदान गर्दे आईरहेका सेवा सुविधा, संस्थाको भावि कार्यदिशा लगाएतका विषयमा प्रष्ट पारेका थिए ।
छुट्टाछुट्टै समयमा सञ्चालन भएको कार्यक्रम संस्थाको अध्यक्ष पौडेलको अध्यक्षता, सञ्चालक सदस्य सितादेवी सापकोटा कँडेल र ऐक्सेस कार्यदल सदस्य सीता शर्माको स्वागत एवम् प्रवन्धक नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।