३ श्रावण २०८३, आईतवार

 

समाजको विकास र निकासका लागि स्थानिय तहमा काँग्रेसको नेतृत्व आवश्यक- सांसद पौडेल

बागलुङ – सांसद प्रकाश शर्मा पौडेलले समाजको विकास र निकासका लागि स्थानिय तहमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन । आगामी बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचलाई लक्षित गरी नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ ले आयोजना गरेको अन्र्तक्रिया तथा सुझाव संकलन कार्यक्रमको सम्बोधन गदै सांसद पौडेलले समाजको विकासको लागि हरेक स्थानिय निकायमा नेपाली काँग्रेसलाई बिजयी गराउनुपर्ने बताए ।
नेपाली काँग्रेस बागलुङ निवर्तमान पार्टि सभापति समेत रहेका पौडेलले नयाँ बनेको संविधान हरेक वर्ग र समुदायको पक्षमा रहेको कारण यसलाई कार्यान्वयका लागि पनि काँग्रेसले महत्व भुमिका निर्वाह गर्नका लागि आगामी स्थानिय तहको निर्वाचनमा काँग्रेसको पक्षमा मतदान गर्नका लागि बतावरण सिर्जना गर्न आम कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष उमेश गौतम,विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी, जिल्ला सदस्य पदम पुन, नेपाल काँग्रेस जैमुनि नगरपालिकाका नगर संयोजक काशिराम शर्मा आचार्य, पुर्व महाधिवेशन प्रतिनिधि इन्द्रराज शर्मा, युवा नेता लक्ष्मण आचार्य क्षेत्रीय सदस्य भगवती सापकोटा, जैमुनी नगरपालिका वडा नं. २ का सभापति लक्ष्मी प्रसाद सापकोटा, बागलुङ नगरपालिकाका वडा नं. १३ का सभापति चन्द्र बहादुर खत्री लगायतका क्षेत्र नं. २ अन्र्तगतका २० जना भन्दा बढि गाउँ वडा सभापतिहरुले सुझाव तथा आफ्नो धारणा व्यत्त गरेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायण शर्मा पौडेलको अध्यक्षता उपसभापति रामबहादुर खत्रीको स्वागत र सचिव विष्णु आचार्यको संचालनमा सम्पन्न भएको छ ।IMG_20170415_130751

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung