४ कार्तिक २०८३, मंगलवार

 

स्थानीय विकास मेराे प्राथमिकता – सुवेदार टिकाबहादुर थापा

आगामी वैशाख ३१ गते हुन लागेको स्थानिय निर्वाचन ने.क.पा. माअाेबादी केन्द्रले गल्काेेट नगरपालिका वडा नं. ७ काे  उम्मेदवारमा सुवेदार टिका बहादुर थापालाई सर्वसम्मत चयन गरेको छ । अध्यक्षका उम्मेदवार थापाले मल्मकाे स्थानिय विकास,शिक्षा, कृषी पशुपालन, यातायात, संचार र स्वास्थय लगातयकाे विषयहरूमा जनतासँग मिलेर काम गर्ने बताएका छन । नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मको भेलामा उनलार्इ सर्वसम्मत रूपमा चयन गरिएकाे छ ।  भेलामा बोल्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाका अध्यक्ष तिलक उप्रेतीले देश अहिले माओवादीको एेजेन्डामा आईसकेको र अब ति उपलब्धीको संरक्षण गर्न स्थानिय निर्वाचनमा नेकपा माओवादी केन्द्र लाई मतदान गर्नु पर्ने बताए कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य डिल बहादुर परियार र नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका सहसचिव राज थापाले बोलेका थिए । त्यसैगरी भेलाले खुल्ला सदस्यमा राज थापा, डिल बहादुर परियार, दल बहादुर थापा र लोक बहादुर थापा, महिला खुल्ला सदस्यमा मन कुमारी चोखाल सरिता र दलित महिला सदस्यमा मिना दर्जी र पदमा नेपालीलार्इ माअाेबादी केन्द्र  गल्काेट नगर समितिमा सिफारिस गरेको छ । त्यस्तै निर्वाचन सफल पार्नका लागि १५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । भेला नेकपा माओवादी केन्द्र मल्मका अध्यक्ष छुम बहादुर थापाको अध्यक्षता, छबिलाल दर्जीको स्वागत र प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung