२९ बैशाख २०८२, सोमबार

 

जैमिनीमा उमेदवार छनौट, मेयरमा शर्मामात्र

आसन्न निर्वाचनका लागि लक्षित गरेर एमालेले अन्य नगर र गाउँपालिकामा पनि उमेदवारहरुको छनौट तथा सिफारिसको कामलाई तीव्रता दिइरहेको छ । शनिवारको भेलाले जैमिनी नगरपालिकामा पनि उमेदवारको सिफारिस भएको छ । जैमिनीमा भने पूर्व अध्यक्ष श्रीप्रसाद शर्माको नाम मेयरपदका लागि सिफारिस गरेको हो ।

उपमेयरका लागि भने सावित्रा राना, लिला राना र इन्द्रा शर्माको नाम सिफारिस गरेको छ । त्यस्तै वडा नं. १ मा अध्यक्ष चन्द्रबहादुर थापा वडा नं. २ मा अध्यक्षमात्र होमनाथ सापकोटा सिफारिस भएका छन् । वडा नं. ३ मा बेदबहादुर छन्त्याल वडा न.ं ४ मा चक्रबहादुर थापा वडा नं. ५ को अध्यक्षका लागि कृष्णबहादुर हमाल, वडा नं. ६ मा केशवराज शर्मा वडा नं. ७ मा बद्री ढुंगाना र मोहराज उपाध्यायको नाम सिफारिस गरेको हो ।

वडा नं. ८ मा अध्यक्षमा भोजराज पौडेल, वडा नं. ९ मा अध्यक्षमा इन्द्रा शर्मा वडा नं. १० मा नर बहादुर श्रीष चयन भएको संगठन कमिटिका संयोजक भूपाल चालिसेले बताए । आगामी ७ गते बस्ने जिल्ला कमिटिको बैठकले सबै उमेदवारको टुंगो लगाउने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung