२८ बैशाख २०८१, शुक्रबार

 

विद्यामन्दिर माविमा भक्तिलाल सदन हस्तान्तरण

विद्यामन्दिर माविमा बागलुङका एकैपरिवारले निर्माण गरिदिएको ३ कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । बानपाका गणेशकुमार श्रेष्ठ, कृष्ण शंकर श्रेष्ठ, भवानीशंकर श्रेष्ठ, प्रविणशंकर श्रेष्ठ, दिपशंकर श्रेष्ठको परिवारले एउटा कोठा , तीर्थप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, र्इ.बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले अर्को कोठा र बिराटकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, डा. तेजकुमार श्रेष्ठ, परशुराम श्रेष्ठ र ओमराज श्रेष्ठले अर्को कोठा गरी ३ काेठा भएकाे भवन निर्माण गरिदिएका हुन् । तीनवटै कोठालाई छाेरा बुहारीहरूले बाजे भक्तिलाल श्रेष्ठकाे स्मरणमा निर्माण गरिदिएका हुन् ।

बाजेको नाउँमा सामाजिक काम गर्ने लक्ष्य राखेका उनीहरूले कुल ३८ लाख रुपैयाँकाे लागतमा भवन निर्माण गरेकाे हरिलक्ष्मी नारायणप्रसाद स्मृति कोषका सदस्य श्रीजय श्रेष्ठले बताए । हालै निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रअ जगन्नाथ आचार्यले बताए। भवनको परिवारका जेष्ठ सदस्य कमलकुमारी श्रेष्ठले उद्घाटन गरेकी थिर्इन । उक्त अवसरमा श्रेष्ठ परिवारले गरेको सामाजिक कामको प्रसंसा गरिएकाे थियाे ।

प्रअ आचार्यको अध्यक्षता, डिल्लीराज गौतमको संचालन र भवन निर्माण समितिका उपाध्यक्ष सुवाशचन्द्र राजभण्डारीको स्वागतमा सम्पन्न उद्घाटन कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारी, हरिलक्ष्मी नारायणप्रसाद स्मृति कोषका सदस्य श्रीजय श्रेष्ठले, कृष्णशंकर श्रेष्ठ, परशुराम श्रेष्ठ, किरणबाबा श्रेष्ठ, दिपशंकर श्रेष्ठ, भवन निर्माण समितिका सदस्यहरू  कृष्णराज शर्मा, देवबहादुर श्रेष्ठ,  र ब्रह्मकुमारी विश्वविद्यालयकी सहसंचालिका शान्ति दिदी लगायतले धारणा राखेका थिए ।sdfg

प्रतिक्रिया दिनुहोस्