४ श्रावण २०८३, सोमबार

 

तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्छ— सांसद पुन

राष्ट्रिय जनमोर्चाकी सांसद मिना पुनले ठूला दलहरुका कारण निर्वाचन हुन नसकेको भन्दैे स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनु पर्ने र देशलाई निकास दिनुपर्ने बताएकी छन । सोमबार निसीखोला गाउँपालिका स्थित झिवाँखोला बजारमा आयोजित चुनावी प्रचार सभामा बोल्दै उनले भनिन,‘निर्वाचन घोषणा सकारात्म छ तर ठूला दलहरु जनताहरुलाई झुक्याउन भ्रम छरिरहेका छन । यसबाट जनता सचेत हुनुपर्छ ।’
उक्त सभामा नेकपा मसालका पार्टी प्रवक्ता विमल शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष नारायण सापकोटा, अखिल छैठौँका केन्द्रिय महासचिव भिमलाल पोखरेल, राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिकाका प्रमुख पदका उम्मेद्वार खिमविक्रम शाही, उपप्रमुखका उम्मेद्वार भोटुकुमारी चन्द, राजमो जिल्ला सल्लाहकार रामबहादुर चन्द लगायतले बोलेका थिए ।

राजमो निसिखोला समन्वय समितिका उपसंयोजक थम्मन घर्ती मगरको अध्यक्षतामा सम्पन्न सभाको स्वागत राजमो निसीखोलाका समन्वय समितिका सदस्य ढालेन्द्र हमाल र सञ्चालन अखिल छैठौ जिल्ला अध्यक्ष शिव चालिसे गरेका थिए । सांसद मिना पुनले राजमो निसीखोला गाउपालिका कार्यालय र वडा नं १,२ र ४ को वडा कार्यालयको उद्घाटन गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung