बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले सञ्चालन गरेको आफ्नो कार्यक्रम नयाँ बुहारी स्वागत अन्तर्गत सोमवार नवविवाहित जोडिलाई स्वागत गरेको छ । बागलुङ नगरपालीका वडा नं. ३ टारीका संस्थाका सह–सचिव वेदप्रसाद शर्मा तथा शेयर सदस्य हरिकुमारी शर्माका कान्छा सुपुत्र दिलीप पौडेलको पर्वत जिल्ला कुश्मा नगरपालीका वडा नं. २ नीवासी प्रभा रेग्मीसंग मिति यहि बैशाख ५ गते भएको बैवाहीक कार्यक्रमका अवसरमा नयाँ बुहारी रेग्मीलाई घरमै पुगरेर स्वागत गरिएको हो ।
टिका, खादा र बधाई तथा शुभकामना पत्र सहित स्वागत तथा संस्थाको शेयर सदस्य समेत प्रदान गरिएको सिवाईसिका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए ।
सोही अवसरमा नवविवाहीत जोडीलाई बधाई दिँदै डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी अधिकृत विष्णुप्रसाद शर्माले सदस्य बन्नु मात्र ठुलो कुरा नभई निरन्तर त्यही संस्थामा कारोवार गर्नुपर्ने धारण व्यक्त गरेका थिए ।
संस्थाले जिवन आवास तथा सामाजिक सुरक्षा कोषको स्थापना गरी साही कोष मार्फत सदस्यको घरमा हुने जन्म देखि मृत्युसम्मका सबै सुख दुःखमा साथ र सहयोग गर्ने गरेको छ । महिला दिदीवहिनीहरुको सम्पती माथिको पहुँच वृद्धि र भविष्यमा संस्थामा बुहारी शेयर सदस्यहरुको एउटा छुट्टै सिस्र्टस क्लव गठन गर्ने परिकल्पनाका साथ यो सेवा सुरुवात गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । कार्यक्रम संस्थाका ऐक्सेस कार्यदल सदस्य सीता शर्माले सञ्चालन गरेकी थिईन














































































































































































































