४ श्रावण २०८३, सोमबार

 

परिवर्तनका लागि माओबादीले सबै भन्दा बढि रगत बगाएको छ– दिपशिखा

- वाईसियल बागलुङ्गमा पाण्डे चयन

योङ्ग कम्युनिष्ट लिग (वाईसीयल) नेपालका केन्द्रिय संगठन बिभाग प्रमुख राम प्रसाद साप्कोटा दिपशिखाले नयां संबिधानमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि स्थानिय तहको निर्वाचनमा नेकपा माओबादी केन्द्रले जित्नुपर्ने बताउनु भएको छ । वाईसियल नेपाल बागलुङ्गको एकता भेला तथा चौथो जिल्ला सम्मेलनको आज बागलुङ्गमा उद्घाटन गर्दै उहांले मुलुकको बिकास र परिवर्तनका लागि सबै भन्दा बढि रगत माओबादी केन्द्रले बगाएको दाबी गर्नुभयो ।

उहांले वर्तमानको माओबादी केन्द्रको सबैभन्दा ठुलो वर्ग दुश्मन एमाले रहेको आरोप समेत लगाउनु भयो । गणतन्त्र र संघियताको नारा सहित हिजो जनयुद्धमा बगाएको रगतलाई महिलाको प्रशवपिडाको रगत संग तुलना गर्ने एमालेहरुमा कुनै राजनितिक सच्चा चरित्र नभएको भन्दै वाईसियल नेता दिपशिखाले आगामी निर्वाचनमा पनि सहकार्य गर्न नसकिने जिकिर गर्नुभयो । हाम्रो सबै भन्दा ठुलो दुश्मन अहिले एमाले देखिएको छ , उहांले भन्नुभयो माओबादीलाई सिद्धाउन खोज्ने र सत्तोसराप गर्नेहरु संग सहकार्य हुदैन । पछिल्लो राजनितिक परिवेसमा वाईसियलहरु ज्ञानी बन्दा एमाले काङ्गेसले त्यसको नाजायज फाईदा लिन खोजेको चर्चा गर्दै वाईसियल नेता दिपशिखाले आगामी दिनमा वाईसियल ज्ञानी बन्न नसक्ने धारणा ब्यक्र गर्नुभयो । ०४६ साल पछिको करिब २४ बर्ष काङ्गेस एमालेले सरकारको नेतृत्व गर्दा मुलुकका महत्वपुर्ण नदिनाला र उद्योग धन्दा बेचेको आरोप समेत लगाउनु भयो ।

सो अवसरमा नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक फमलाल निउरे, वाईसियल नेपालका ४ नम्वर ईन्चार्ज सुमन देबकोटा, नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला सह ईन्चार्ज चन्द्र बहादुर बुढा सागर, केन्द्रिय सदस्य प्रकाश घर्ति, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कोपिला कंडेल र अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष पदम खत्रि लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
अधिवेशनले झमान पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय योङ्ग कम्य्ुनिष्ट लिग (वाईसीयल) जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अरबीन थापा, राजन कुमार पाईजा, बिपिन बिक, सचिव धुर्व चोखाल,सहसचिव रमेस घर्ति, मिलन रेश्मी मगर, याम बहादुर थापा र कोषाध्यक्ष सबिना धर्ती लगायत ६५ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन भएको वाईसियलले जनाएको छ । कार्यक्रम वाईसियल नेपालका केन्द्रिय सदस्य एबं बागलुङ्ग जिल्ला संयोजक नरेस केसीको अध्यक्षता, उपाध्यक्ष अरबिन थापाको स्वागत मन्तब्य र सचिव झमान कुमार पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung