पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले आसन्न बैशाख ३१ गने हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सुरक्षा
व्यवस्था अझ प्रभावकारी हुनुपर्ने बताएकी छन । मंगलबार जिल्लाको सुरक्षा संवेदनशीलता र विकास निर्माणका बारेमा बुझ्न बागलुङ आएकी उनलाई प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालयका प्रमुख,अर्जुनबाण गणका प्रमुख सेनानी ,प्रमुख सेनापति जिल्ला समन्वय समितिका प्रमुख,निर्वाचन अधिकारी,प्राविधिक इन्जिनियर,अनुसन्धान केन्द्रका प्रमुख लगायतको उपस्थितिमा भव्य स्वागत गरिएको थियो ।
त्यस्तै उनले आगामी निर्वाचनका लागि जिल्लामा सुरक्षा संवेदनशीलतालाइ चुस्त दुरुस्त राख्न जिल्ला प्रहरी कार्यालय तथा सुरक्षा निकायलाइ निर्देशन दिएकी छन । निर्वाचनमा मात्र कार्यालयका प्रमुख नअल्झिन निर्देशन दिँदै उनले जिल्लाको विकास निर्माणलाई पनि प्राथमिकता दिनुपर्ने प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए ।
चालू आ.व. मा जिल्लाको विकाश निर्माण लक्ष्य तोकिएको समयमा नै सम्पन्न गर्न सम्पूर्ण कार्यालय प्रमुख तथा सरोकारबाला पक्ष जिम्मेवार बन्नु पर्ने बताईन ।













































































































































































































