२८ बैशाख २०८१, शुक्रबार

 

नेविसंघ जैमिनी नपामा निर्वाचन परिचालन तथा प्रशिक्षण सम्पन्न

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति बागलुङले जैमिनी नगरपालिकामा निर्वाचन परिचालन तथा प्रशिक्षण विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेविसंघको ४८ औँ स्थापना दिवश पारेर गरिएको कार्यक्रममा आगामी निर्वाचनमा नेपाल विद्यार्थी संघमा आवद्द विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।

सो अवसरमा बोल्दै नेविसंघ कोषाध्यक्ष केन्द्र रसाईलीले नेविसंघले विगतदेखि विद्यार्थीको हकहितका लागि विद्यार्थीको पक्षमा आन्दोलन गर्दै आएको र आगामी दिनमा पनि विद्यार्थीहरुको पक्षमा रहने बताए । त्यस्तै उनले विद्यार्थी हक अधिकारको सुनिश्चितता र गाउँको विकास गर्नका लागि आसन्न बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावमा विद्यार्थीहरु ढुक्क भएर नेपाली काँग्रेसलाइ मतदान गरी विजय गराउनुपर्नेमा जोड दिए ।
नेपाल विद्यार्थी संघको चुनावी परिचालन समिति समेत गठन गरिएको छ जस्को संयोजकत्व नेविसंघ जिल्ला कोषाध्यक्ष केन्द्र रसाइली,उपसंयोजक बिसन शर्मा,सचिव यदु रिजाल,सदस्य सचिव मनोज सापकोटा,महिला सदस्य सचिव प्रतिक्षा सापकोटा लगायत २ सय २ सदस्यीय चुनावी परिचालन समिति समेत गठन भएको छ । त्यस्तैगरी नेविसंघ जैमिनी नपाको कानुनी सल्लाहकारमा अधिवक्ता सरिता केसीलाई जिम्मेवारी दिएको छ ।

उक्त कार्यक्रममा अधिवक्ता सरिता केसी र प्राध्यापक डिल्ली शर्माले प्रशिक्षण दिएका थिए । उक्त अवसरमा नेविसंघ जैमिनी नगरपालिका तथा त्यस आसपासका विद्यार्थीहरु सहभागि थिए ।
नेपाल विद्यार्थी संघका कोषाध्यक्ष केन्द्र रसाइलीको संयोजकत्वमा सम्पन्न प्रशिक्षण कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघ सचिव श्रीकृष्ण पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्