
युवाको अग्रसरता, संरक्षण र समृध्दिको सुनिश्चितता भन्ने नाराका साथ बर्दिया राष्ट्रिय निकुञ्जमा भई रहेको वन्यजन्तु सप्ताहको अवसरमा छैठौँ दिन बुधबार सेन्स नेपालको आयोजनामा ठाकुरद्धारामा जैविक विविधता सम्बन्धि राष्ट्रिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मकवानपुर, डडेलधुरा, दांग, बर्दिया सहित विभिन्न जिल्लाहरुमा सम्पन्न प्रतियोगिताबाट उत्कृष्ठ ठहरीएका ७ जना प्रतियोगीहरुले भाग लिएका थिए । प्रतियोगितामा बिजयी विद्यार्थीलाई सप्ताहको समापनका दिन पुरस्कार दिईने बताईएको छ ।