४ श्रावण २०८३, सोमबार

 

उपप्रमुखका लागि माओवादी केन्द्रमा बढे आकांक्षी

माओबादी केन्द्र बागलुङ नगरपालिकामा प्रमुख र उपप्रमुखका लागि उम्मेद्वारहरुले आवेदन दिएका छन । प्रमुखमा कुसुम बुढा र उपप्रमुखमा जशोदा शर्मा,विजुला शर्मा,कुमारविक्रम क्षेत्री,टिका विक र निर्मलबहादुर श्रेष्ठको आवेदन परेको छ । प्रमुखका लागि आवेदन दस्तुर ५ हजार र उपप्रमुखका लागि ३ हजार तोकिएको नगर इन्चार्ज निर्मलबहादुर श्रेष्ठले बताए ।

आवेदनमा परेका नामहरु जिल्लामा आइसकेको र त्यस्मा छनोट समितिको बैठकले छलफल गर्ने जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung