
संसदमा महिला प्रतिनिधित्वका हिसावले दक्षिण एसियामा नेपाल अगाडि रहेको छ । इन्टर पार्लियामेन्ट्री युनियनले सार्वजनिक गरेको तथ्यांकमा सो कुरा उल्लेख्य गरेको छ । संसदमा महिला उपस्थितिमा दोस्रो स्थानमा अफगानिस्तान रहेको छ भने तेस्रो स्थानमा पाकिस्तान रहेको छ । त्यसै गरी बंगलादेश चौथो,भारत पाचौं ,भुटान छैठौ,मालदिभ्स सातौ र श्रीलंका आठौ स्थानमा परेका छन ।
विश्वव्यापी रूपमा नेपाल ४८ स्थानमा रहेको छ ।
सूचिमा १ सय ९० मुलुकलाई समावेश गरिएको वुमेन इन पोलिटिक्स म्यापको प्रतिवेदनले जनाएको छ । विश्वव्यापी रूपमा हेर्दा रूवाण्डा महिला सशक्तीकरणको मामिलामा मोडेल मुलुकको रूपमा देखा परेको छ । रूवाण्डामा ६० प्रतिशतभन्दा बढी सांसद सदस्य महिला छन । त्यसै गरी हाल बंगलादेशमा संसद, प्रधानमन्त्री र विपक्षी दलको नेतामा महिलाहरू रहेका छन ।
नेपालमा पनि राष्ट्रपति, सभामुख र संसदमा महिलाको उपस्थित उल्लेख्य छ । पहिलो पटक न्यायालयको सवोच्च अंग सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सुसिला कार्की रहेकी छिन ।
निजी क्षेत्रको व्यवसायिक संगठन नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षमा भवानी राणा निर्वाचित भएकी छिन ।