२९ बैशाख २०८२, सोमबार

 

शैक्षिक गुणस्तर सुधारमा जुट्दै अमर मावि,विद्यालय र विद्यार्थीहरुलाई असर गर्ने धुम्रपान र मद्यपान बेचविखन नगर्न व्यवसायीलाई आग्रह

काठेखोला ५ विहुँकोट पोखरामा अवस्थित अमर माध्यमिक विद्यालयमा शिक्षक,अभिभावक तथा विभिन्न व्यवसायीहरु बिच अन्र्तकि
या कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको शौक्षिक गुणस्तर र आचरण सुधार गर्ने अभिप्रायले अन्र्तक्रिया गरिएको हो । सो कार्यक्रम मा विद्यार्थी लाई शारीरिक र मानसिक रूपमा असर पर्ने खालका धुम्रपान तथा मद्यपान वेचविखन नगर्ने , विद्यालय समयमा विद्यार्थी लाई लागुपदार्थ वेचविखन गर्न र सेवन गरि वस्न नदिने जस्ता व्यवसायी आग्रह गरिएको थियो । त्यस्तै व्यवसायीहरुले पनि विद्यालय वरिपरी विद्यालय र विद्यार्थीको असर पर्ने खालका लागूपदार्थ बेचविखन नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
वर्तमान अवस्थामा विधालय उमेर समुहका किशोरहरू धुम्रपान ,मध्यपान जस्ता कुलतमा फस्ने गरेको र त्यसले आचरणमा प्रतिकुल प्रभाव परेकोले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक भीष्म कँडेलले दिए ।
सो कार्यक्रममा विद्यालय क्षेत्र वरपरका व्यवसायी र शिक्षक गरी ३० जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung