३ श्रावण २०८३, आईतवार

 

मल्ममा समावेशी शिक्षासम्वन्धि अन्तरक्रिया

दलित शसक्तिकरण केन्द्र बागलुङको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा १ दिने समावेशी शिक्षा प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया गलकोट नगरपालिका ७ मल्ममा सम्पन्न भएको छ । प्रगति आधारभुत विद्यालय मल्ममा सम्पन्न उक्त कार्यक्रममा शैक्षिक कार्ययोजना, नियमित गृहकार्य, शिष्ट बोली व्यवहार, समावेशी शिक्षामा एकरुपता, विद्यालयका चुनौती लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रियामा विद्यालयका विविध विषयमा दलित शसक्तिकरण केन्द्र बागलुङका कार्यक्रम अधिकृत श्याम विश्वकर्मा र सामाजिक परिचालिका निरुता विश्वकर्माले जानकारी दिएका दिए । अन्तरक्रियामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षकहरु गरि १५ जनाको सहभागिता रहेको थियो । भैरव माविमा पनि कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र शिक्षकहरु समेत २० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung