३० बैशाख २०८२, मंगलवार

 

सामाजिक कार्यमा जुट्दै कालिका युवा क्लव , मानव सेवा आश्रमका विपन्न र अशक्तलाई खाद्यान्न सामाग्री हस्तान्तरण

कालिका युवा क्लव बागलुङले मातातीर्थ औँसीको अवसर पारेर मानव सेवा आश्रम तथा खनियाघाट बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । क्लवका विभिन्न व्यक्तिहरुले संकलन गरेको रकमबाट ३० प्रतिशत सामाजिक सेवामा खर्चिनुपर्छ भन्ने क्लवको निर्णय अनुसार समाज तथा बजारमा बेवारीसे तथा विपन्न र अशक्त अवस्थामा रहेको व्यक्तिहरुलाई आश्रम ल्याउने र समय समयमा सहयोग गर्ने अभियान क्लवको रहेको क्लवका अध्यक्ष सुरज खड्काले बताए । मानव सेवा आश्रम भएकोmanab कार्यक्रममा क्लवका सचिव पिंगल भण्डारीले जेष्ठ नागरिक ,विपन्न तथा असहाय नागरिकहरुलाई क्लवले सदैव सहयोग गर्ने बताए । सो अवसरमा क्लवले आश्रममा रहेका विपन्न तथा अशक्तहरुलाई ३५ हजार बरावरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशराज भण्डारी,अधिवक्ता राम शर्मा लगायतले क्लवले सामाजिक क्षेत्रमा देखाएको सहयोग र अभ्यास अनुकरणीय र सेवामूखी रहेको भन्दै क्लवलाई धन्यवाद ज्ञापन गरेका थिए ।
manab1

 

 

 

 

 

 

 

 

 

 

 

 

कार्यक्रम क्लवका अध्यक्ष सुरज खड्को अध्यक्षता र मानव सेवा आश्रमकी सामाजिक परिचालक सुमिरा लामाको सञ्चालनमा सम्पन्न भएको थियो ।
manab2

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung