जिल्लाको ढोरपाटन नगरपालिका ९ बोबाङमा गाई काटेको आरोपमा ८ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नाताले ससुरा मनबहादुर घर्ती र बुहारी सिता बुढा मगर बीच लामो समयसम्म हुँदै आएको घरेलु झगडा र प्रतिसोधको कारण घटना हुन सक्ने प्रहरीले जनाएको छ । गाई काट्न संलग्न रहेको आरोपमा तिनीहरु २ जना सहित घटना संलग्न अन्य ६ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले बताए । गाई काटेको भन्ने स्थानीयको सुराकीको आधारमा प्रहरीले उनीहरुलाई घटना स्थलमै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
८ जनामध्ये ४ महिला र ४ पुरुष रहेका छन । अहिले १ पुरुष र ३ महिला छुटेको र ३ पुरुष र १ महिलालाई भने घरेलु तथा अंश मुद्दा चलिरहेको र पुर्पक्षको लागि कारागारमा राखिएको बरिष्ठ प्रहरी उपरिक्षक अनिलकुमार खड्काले बताए । घटना संलग्न २ जना भने फरार छन ।
हिन्दू संस्कारअनुसार लक्ष्मीको रुपमा पुज्ने गाई उसो त राष्टिय जनावर पनि भएकाले मार्न र काट्न नपाईने भनेर कानुनमै उल्लेख गरेपनि समाजमा यस्ता घटना बढ्दै जानु निन्दनीय रहेको नागरिक समाजमा संयोजक काजीँगाउँले श्रेष्ठले बताए । केही समय यता दुर्गम बस्तीहरुमा यस खालका घटनाहरु बढ्न थालेका छन ।













































































































































































































