
धवलागिरी अञ्चल अस्पतालबाट बुधबार मानसिक सन्तुलन गुमाएकी महिलालाई मानव सेवा आश्रमका संयोजक मनिष रायमाझी सहितको समुहले भारतीय मुलुकी एक महिलालाई उद्धार गरेको छ । ७ महिना गर्भिणी ती महिला पहिला म्याग्दीका सडक पेटीमा रहेको अवस्थामा म्याग्दी अस्पतालले उपचार गर्न लिएको र महिलाको लागि राख्ने छुट्टै व्यवस्था नहुन्ााँले धवलागिरी अञ्चल अस्पतालमा पठाएको धवलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डन डाक्टर सागरकुमार राजभण्डारीले बताए ।
मानव सेवा आश्रमका संयोजक मनिष रायमाझीका अनुसार ति महिलालाई म्याग्दीबाट नै मानव सेवा आश्रममा राख्ने भनी पठाइएको बताए ।
सडकमा छेउछाउमा बेसाहारा बनेका,गरिव,विपन्न, मानसिक सन्तुलन गुमाएका व्यक्ति तथा अशक्त व्यक्तिहरुको पुर्नबासमा फर्काई पुन व्यवहार परिवर्तन गराउन मानव सेवा आश्रम स्थापना भएको आश्रमका संयोजक रायमाझीले बताए । हाल आश्रममा ७ जना विभिन्न किसिमले पिडित व्यक्तिहरुलाई आश्रममा राखिएको छ ।