३ श्रावण २०८३, आईतवार

 

मानसिक सन्तुलन गुमाएकी भारतीय महिलाको उद्धार

धवलागिरी अञ्चल अस्पतालबाट बुधबार मानसिक सन्तुलन गुमाएकी महिलालाई मानव सेवा आश्रमका संयोजक मनिष रायमाझी सहितको समुहले भारतीय मुलुकी एक महिलालाई उद्धार गरेको छ । ७ महिना गर्भिणी ती महिला पहिला म्याग्दीका सडक पेटीमा रहेको अवस्थामा म्याग्दी अस्पतालले उपचार गर्न लिएको र महिलाको लागि राख्ने छुट्टै व्यवस्था नहुन्ााँले धवलागिरी अञ्चल अस्पतालमा पठाएको धवलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डन डाक्टर सागरकुमार राजभण्डारीले बताए ।

kkमानव सेवा आश्रमका संयोजक मनिष रायमाझीका अनुसार ति महिलालाई म्याग्दीबाट नै मानव सेवा आश्रममा राख्ने भनी पठाइएको बताए ।
सडकमा छेउछाउमा बेसाहारा बनेका,गरिव,विपन्न, मानसिक सन्तुलन गुमाएका व्यक्ति तथा अशक्त व्यक्तिहरुको पुर्नबासमा फर्काई पुन व्यवहार परिवर्तन गराउन मानव सेवा आश्रम स्थापना भएको आश्रमका संयोजक रायमाझीले बताए । हाल आश्रममा ७ जना विभिन्न किसिमले पिडित व्यक्तिहरुलाई आश्रममा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung