३१ बैशाख २०८२, बुधबार

 

सिवाईसीको सप्ताहाव्यापी योजना दमौलीमा सम्पन्न

चारतारे युवा क्लव सिवाईसी नेपालले यही बैशाख ९ गते बागलुङ बजारबाट सुरुवात भएको शाखा स्तरीय योजना तर्जुमा गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम “हाम्रो प्रतिवद्धता, लघुवित्तमा शुद्धता” भन्ने मुल नाराका साथ शुक्रवार तनहुको दमौली बजारमा सम्पन्न भएको छ ।

बैशाख ९ गते बागलुङ बजार, १२ गते खर्वाङ बजार, १३ गते गुल्मीको तम्घास बजार, १४ गते पाल्पाको तानसेन बजार र अन्तीम दिन तनहुको दमौली बजारमा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले हिजोको दिनमा ग्रामीण क्षेत्रमा रहेका महिला दिदीवहिनीहरुलाई वित्तीय पहुँचको मुलधारमा ल्याई सम्पत्ती माथीको पहुँच बृद्धि गरी समुदायमा रहेका विकृती र विभेद अनत्य गर्ने भनी सञ्चालनमा ल्याईएको लघुवित्त कार्यक्रम पछिल्लो समयमा केही टाठावाठा व्यक्तिहरुले गर्दा यसमा बिकृतीहरु देखीदै गएको बताएका छन् ।
संसारमा नोबल शान्ति पुरस्कार पाउने एउटामात्र कार्यक्रम लघुवित्त भएको बताउदै पौडेलले ग्रामीण क्षेत्रमा रहेका वित्तीय पहुँचको सेवावाट वञ्चीत भएका महिला दिदीबहीनीहरुको समृद्धिका लागि सञ्चालीत लघुवित्त कार्यक्रममा सुधार ल्याउनु पर्ने अहिलको आवश्यकता रहेको र यसका लागि सिवाईसी पैसाको मात्र कारोवार गर्ने संस्था नभएकाले यसले पैसाको संगसंगै समाजमा गुम्दै गईरहेको सामाजिक सुरक्षा तथा मानवीय समवेदनाका कार्यहरु गर्दै आईरहेको बताए ।
कार्यक्रममा बेशिसहर शाखाको तर्फवाट मस्याङदी गाउँपालीका स्तरीय सञ्जालका का प्रवक्ता सविना राई, सुन्दरबजार शाखाको तर्फवाट भानु न.पा. स्तरीय सञ्जालका निर्देशक पुष्पा गुरुङ, दमौली शाखाको तर्फवाटव्यास न.पा. स्तरीय सञ्जालका निर्देशक शान्तमाया थापा, खैरेनीटार शाखाको तर्फवाट शुक्लागण्डकी न.पा. स्तरीय सञ्जालका ििनर्देशक होममाया थापा, भोर्लेटार शाखाको तर्फवाट मध्येनेपाल न..पा. स्तरीय सञ्जालका प्रवक्ता सरला वि.क. र निर्देशक लोककुमारी गुरुङले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वाढि पहिरो तथा दैवी विपत्तीवाट क्षती भएको ठाउँमा तत्काल राहत उपलब्ध गराउने हेतुले संस्थाको स्थापनाकाल देखिनै सञ्चालनमा रहेको मुष्ठिदान कार्यक्रमलाई निरन्तर दिन संस्थामा कार्यरत कर्मचारीहरु तर्फवाट वार्षिक १ दिनको तलव र लघुवित्त कार्यक्रमका सदस्यहरुले आफ्नो ईचछानुसार अन्न तथा सहयोग रकम प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यो कार्यक्रमका लागि संस्थाले छुट्टै स्वंसेवी कार्यदल गठन गरिसकेको र त्यस मार्फत तत्काल राहतका कार्यक्रमहरु सञ्चालनमा ल्याईने र सम्वद्ध सबैलाई सहयोग गर्न अध्यक्ष पौडेलले आग्रह समेत गरेका थिए ।

कार्यक्रम संस्थाका सचिव विरवहादुर किसानको अध्यक्षता भोर्लेटार शाखाका प्रवन्धक रमेश वि.क.को स्वागत र प्रवन्धक संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । वित्तीय साक्षरता कार्यक्रममा लघुवित्त कार्यक्रममा पछिल्लो समयमा देखीएका समस्या तथा कमजोरी र यसको समाधानका लागि सदस्यहरुले गर्नुपर्ने तथा थाहा पाउनुपर्ने विषयहरु तथा संस्थाले उपलब्ध गराउर्दै आईरहेको सेवा तथा सुविधाहरुको बारेमा संस्थाका सिनीयर आन्तरीक लेखा परीक्षण अधिकृत मुक्तिप्रसाद शर्माले सहजिकरण गरेका थिए । 15

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung