३१ बैशाख २०८२, बुधबार

 

जन्मदिनको अवसरमा खाद्यान्न सामाग्री बितरण

बागलुङ – आफ्नो जन्म दिनको अवसरमा ठूला भोज भतेर गर्ने चलन नौलो होइन, तर यहाँका एक परिवारले सिमान्तकृत बस्तीमा खाद्यान्न सामाग्री हस्तान्तरण गरेर मनाएको छ ।
बागलुङ उद्योग बाणिज्य संघका कोषाध्यक्ष बिदेश कुमार श्रेष्ठले छोरी रिया श्रेष्ठको जन्म दिनको अवसरमा वडा नं.४ को मदरसा बहारे मदिनामा ५ बोरा चामल सहित अन्य खाद्यान्न सामाग्री बितरण गरेका हुन् । नयाँ विश्व अनलाईको संयोजनमा भएको उक्त सहयोग कार्यक्रममा बागलुङ सूचना तथा संचार सहकारीका अध्यक्ष बसन्तकुमार श्रेष्ठले मुस्मिल बस्तीकी एक प्रतिनिधि बालिका अजमिरा खातुनलाई सामाग्री हस्तान्तरण गरेका थिए । उक्त सामाग्री मदरसाका अध्यक्ष तथा सामाजिक अगुवा राजु मियाँको अगुवाईमा ६ परिवारलाई हस्तान्तरण गरिने कार्यक्रम छ ।
उपल्लाचौर स्थित सेनाको व्यारेक भन्दा पश्चिम तर्फ झण्डै २० घर मुस्लिम बस्ती छ । आर्थिक रुपमा विपन्न, सामाजिक र राजनीतिक रुपमा पछाडि पारिएको उक्त समाजमा पुगेर खाद्यान्न सामाग्री वितरण कार्यक्रमले उनीहरुको उत्थानकालागि चासो बढ्ने भन्दै श्रेष्ठले पछाडि पारिएका बस्तीका बासिन्दालाई अव राजनीतिक र सामाजिक रुपमा पनि अगाडि बढाउनुपर्नेमा जोड दिए ।
नयाँ विश्व अनलाईनका सम्पादक मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, पत्रकार राम थापा अविरलको संचालन र परिवारको तर्फबाट बिदेशकुमार श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ बासु, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 3erw

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung