
बागलुङ- आसन्न स्थानीय निकाएको चुनावमा बदर मत कम गर्ने उद्धेश्यका साथ राष्ट्रिय मतदाता अधिकार मञ्च जिल्ला शाखा बागलुङको आयोजनामा शनिवार बागलुङ सरोकारवाला निकायका प्रमुख एंव प्रतिनिधीलाई मतदाता शिक्षा प्रशिक्षक प्रशिक्षण दिर्ईएको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकारी हिमलाल बेलबासेले जनताले बनाएको संविधान अनुसार कानुनको राज्य बलियो बनाउन लागेको स्थानीय निकायको चुनाबमा जनतानै सर्बोपरी भएकोले मतदातानै सचेतका हुनु पर्नेमा जोड दिए ।
कार्यक्रमा जिल्ला प्रहरी कार्यलयका प्रमुख चन्द्र कुवेर खापुङ, निर्वाचन अधिकृत विकासचन्द्र शर्मा, ताराखोला गाँउपालिकाका निवार्चन अधिकृत देवी प्रसाद सुवेदी, समाज सेवी देवबहादुर श्रेष्ठ, न्यायका लागि द्धोन्द पिडित समाजका अध्यक्ष बद्री बहादुर केसी , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनाराण गौतम, राष्ट्रिय उपभाmो मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
प्रशिक्षण कार्यक्रमा राष्ट्रिय मतदाता अधिकार मञ्च बागलुङका अध्यक्ष कृष्णराज शर्माले उम्मेदवारहरुको संख्या र स्थानिय तहको संरचना । संल्लाहाकार राम शर्माले निर्वाचनको कानुनी पक्ष, चुनावी परिवेक्षकहरुको आचार संहिता र सचिव रामप्रसाद घिमीरेले मतदान गर्ने विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रम राष्ट्रिय मतदाता अधिकार मञ्च जिल्ला शाखा बागलुङका अध्यक्ष कृष्णराज शर्माको अध्यक्षता र उपाध्यक्ष कोपिला कंडेल र सचिव रामप्रसाद घिमीरेको संचालनमा सम्पन्न भएको थियो ।