५ कार्तिक २०८३, बुधबार

 

मतदाता शिक्षाको विषयमा कार्यालय प्रमुखहरुसँग अन्तरक्रिया

जिल्लाका विभिन्न सरोकारवाला तथा कार्यालय प्रमुखहरुका लागि मतदाता शिक्षा सम्वन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङको आयोजनामा भएको कार्यक्रममा आगामी स्थानीय तहको निर्वाचनका संरचना,आचारसहिंता,मतदान गर्ने तरिका,उम्मेद्वार बन्न चाहिने मापदण्ड,निर्वाचन पद्धती,मतदान केन्द्रमा ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयमा जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले सहजीकरण गरेका थिए । निर्वाचन मनोनय प्रक्रिया र उम्मेद्वारीको बारेमा समेत अधिकारी शर्माले विभिन्न राजनीतिक पार्टीका कार्यकर्ता,संघसंस्था र कार्यालका प्रमुखहरुले राखेको जिज्ञासाको विषयमा जवाफ दिए । निर्वाचनलाई शान्त,मर्यादित,निष्पक्ष ढङ्गले सम्पन्न गर्नका लागि समेत सहयोग गर्न सवैलाई आग्रह गरेका थिए ।

जिल्लामा ४ नगरपालिका र ६ गाउपालिकामा १ सय ३ मतदान स्थलबाट १ लाख ५६ हजार ८ सय २ जनाले मतदान गर्ने छन । ९ राजनीतिक दलहरुले आफ्नो दलको चिह्न प्राप्त गरेर निर्वाचनमा सहभागि हुने भएका हुन । निर्वाचन सम्वन्धि मतदाता शिक्षा कार्यक्रमका लागि १ सय ९२ सहजकर्तालाई प्रशिक्षण दिई स्थानीय स्तरमा पठाइएको छ । सो अवसरमा जिल्ला न्यायधिस तथा जिल्ला निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निर्वाचनका लागि चाहिने विभिन्न ५६ सामाग्रीहरु आवश्यक पर्ने भएकाले जिल्लामा ९० प्रतिशत निर्वाचन सामाग्री आईसकेको बताए ।

अन्र्तक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेको अध्यक्षता र मतदाता शिक्षा तालिम सहजकर्ता सरितादेवी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung