६ जेष्ठ २०८१, आईतवार

 

गुणस्तर सुधार्न जिल्ला शिक्षाको १४ बुँधे निर्देशन

बागलुङ÷शैक्षिक शत्रको शुरुवातबाटै गुणस्तरमा ध्यान दिएमा मात्र बर्षभरीको शिक्षाको प्रतिफल राम्रो आउने भन्दै जिल्ला शिक्षाले सबै विद्यालयलाई १४ बुँधे निर्देशन दिएको छ । शैक्षिक प्रशासन र विद्यालय शिक्षालाई व्यवस्थित गर्नका लागि उक्त निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले बताए ।
निर्देशनमा कक्षा ११ र १२ संचालन भएका केही विद्यालयले कक्षा १ देखि १० दिवा र उपल्ला कक्षा बिहान संचालन गर्दै आएकोमा अवदेखि सबै कक्षाहरु दिउसै संचालन गर्नुपर्ने निर्देशन दिएको हो । त्यस्तै दरवन्दीमा भएका शिक्षकले ११ र १२ को कोर्ष सकिएपछि विद्यालयमा अनुपश्थित हुने गरेको गुनासो आएको भन्दै कार्यालयले अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान पनि राखेको हो ।
विद्यालयमा भर्ना भएका विद्यार्थी संख्या र नियमित अध्ययन गर्ने विद्यार्थीको सख्यामा फरक पर्न गई पाठ्यपुस्तक र छात्रवृत्ती वापत निकासा भएको रकम बढी भएकोले वेरुजु हुन नदिने वातावरण बनाउनुपर्ने, तलव भत्ता बाहेक अन्य कामका लागि निकासा भएको रकम जेठ मसान्त भित्र कार्यालयमा पेश गर्नुपर्ने, शिक्षकको राजीनामा र अनिवार्य अवकाश हुनु पुर्व तलव भत्ता निकासा हुदाँ त्यस्ता शिक्षकहरुलाई भुक्तानी दिनुपर्ने रकम भन्दा वढी रकम निकासा भएको हकमा कार्यरत रहेको अवधिको मात्र भुक्तानी गरेर बेरुजु दाखिला गर्नुपर्ने समेत निर्देशन गरेको हो ।

शिक्षा ऐनको आठौ संसोधित व्यवस्था, स्थानीय निकायको परिवर्तित संरचना अनुसारको विद्यालयको नाम ठेगाना, लेटर प्याड र छाप परिवर्तन गर्नुपर्ने, विद्यालयमा कार्यरत सबै शिक्षक तथा कर्मचारीहरुले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने, तलव भत्ता लगायत आर्थिक सुविधा भुक्तानी गर्दा भुक्तानी भर्पाइमा मिलाउनुपर्ने पनि भनेको हो । विद्यालयले भौतिक निमार्ण लगायतका अन्य सामग्री खरिद गर्दा अनिवार्य रुपमा दर्ता भएका संस्थावाट खरिद गर्नुपर्ने पनि मिश्रले बताए । २५ हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा भ्याटमा दर्ता भएका पसलहरुवाट मात्र खरिद गर्नुपर्ने व्यवस्था समेत छ ।
शैक्षिक शत्र २०७४ को एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणालीका लागि २०७४ जेठ ७ सम्मको विद्यार्थी सख्यालाई आधार मानी तथ्याङ्क भरी २०७४ जेठ १० गतेभित्र जिल्ला शिक्षामा पेश गर्नुपर्ने, शैक्षिक शत्र २०७३ सम्मको आर्थिक लेखा परिक्षण गर्नको लागी तुरुन्त प्रक्रिया शुरु गर्नुपर्ने पनि निर्देशन दिइएको हो । विद्यालय परिसर सरसफाई गर्नुपष्र्ने, प्रत्येक महिनाको पहिलो शुक्रवार विद्यालय परिसर सरसफाई अभियान संचालन गर्नुपर्ने पनि निर्देशन दिएको हो ।

संचयकोष, वीमा र कर जम्मा नगरेको भएमा तत्काल जम्मा गर्न निर्देशन दिएको छ । नदिएको भेटिएमा कारवाही गरिने पनि मि?ले जानकारी दिए । शैक्षिक वर्ष २०७३ सालको शैक्षिक उपलब्धि विषयगत र कक्षागत रुपमा तयार गरी २०७४ जेठ ३० भित्र सम्बन्धित स्रोतकेन्द्रमा बुझाउनुपर्ने र यो बर्ष भर्ना हुने विद्यार्थीहरुलाई वितरण गरिने निःशुल्क पाठ्यपुस्तको वील भरपाई अनिवार्य रुपमा जिल्ला शिक्षा कार्यालयमा पेश गर्नुपर्ने पनि निर्देशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्