आसन्न बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाका सम्पूर्ण सञ्चार माध्यम तथा मिडियाले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका छन । निर्वाचनको लागि नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी ,र म्यादी प्रहरी खटाइएको जिल्ला प्रशासन कार्यालयका शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिए । निर्वाचनको लागि सम्पुर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएको हुदाँ निर्वाचन अबधिभर कुनै किसिमको समस्या नआउने प्रजिअ पाण्डेले बताए । निर्वाचन स्वतन्त्र धाँधलीरहित बनाउन सम्बन्धित ठाउ“मा सुरक्षा व्यवस्था मिलाइसकिएको उनले बताए । मतदान केन्द्रमा आवश्यक पर्ने सम्पुर्ण व्यस्थापनका साथ सुरक्षा निकायहरु परिचालन गरिएको उनले बताए ।
चुनाव बिरोधी गतिविधी गर्ने जो कसैलाई पनि छुट छैन, प्रजिअ पाण्डयले भनेँ मतदाताले निर्धक भएर मतदान गर्ने व्यवस्था मिलाइएको छ । उहाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सकारात्मक भुमिका संचारमाध्यमले खेल्नुपर्ने बताए । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि बागलुङमा सुरक्षा व्यवस्था मजबुद बनाइएको छ । चुनावलाई आवश्यक पर्ने प्रयाप्त सामाग्री सहित ,शान्ति सुरक्षाको व्यवस्था मिलाइएको हो ।
निर्वाचनमा सबै मतदाताले सहज रुपमा मतदान गर्न पाउन भन्ने उद्देश्यले प्रयाप्त मात्रामा सुरक्षाकर्मीको व्यवस्था मिलाइए र निर्धक रुपमा मतदान गर्न मतदातालाई प्रजिअ पाण्डेले आग्रह गरे ।
निर्वाचनलाई लक्षित गरि १३ वटा प्रहरीको टोली,८ वटा नेपाली सेनाको टोलि,नेपाल प्रहरी,१० वटा मोवाईल टोली परिचालन गरिएको उनले बताए । निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, एमाओबादी,राष्ट्रिय जनमोर्चा,राप्रपा,नया“ शक्ति,संघिय समाज पार्टी लगाएत ७ राजनैतिक दल र स्वतन्त्रले उम्मेदवार दिएका छन ।

































































































































































































