२० भाद्र २०८३, शनिबार

 

नेपाली काग्रेस जैमिनी नगरपालिका ५ विनामारेमा चुनावीे सभा सम्पन्न

नेपाली काग्रेस जैमिनी ५ विनामारेमा चुनावी सभा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै जैमिनी नगरपालिकाका प्रमुख उम्मेद्वार ईन्द्रराज पौडेलले राज्यबाट पाउने सेवासुविद्या घरदैलोमा उपलव्ध हुने अवसरलाई नेपाली जनताले स्थानीय चुनावमार्फत प्रजातन्त्र र लोकतन्त्रको रक्षा गर्दै योग्य प्रतिनिधी छान्न आग्रह गरे । त्यस्तै उनले यस क्षेत्रको विकास निर्माण,शिक्षा,स्वास्थ्य,विजुली,यातायातको विकासमा गर्न नेपाली काग्रेसलाई जिताउनु पर्ने बताए ।

binamar3

त्यस्तै नेपाली काग्रेस जैमिनी नगरपालिका उपप्रमुख उम्मेद्वार कौशिलादेवी विकले सवै समुदायलाई समेट्दै आगामी स्थानीय सरकारमार्फत महिला र दलितका अधिकार सुनिश्चित गर्न नेपाली काग्रेसलाई विजयी गराउनुपर्ने बताइन ।binamare

सो अवसरमा नेपाली काग्रेसका जिल्ला सदस्यहर हरि आचार्य,पदम पुन,नेपाली काग्रेस महासमिती सदस्य भीम श्रीस,नेविसंघ सहमहामन्त्री हरिहर शर्मा,नेपाली काग्रेस जिल्ला सदस्य सिताराम रसाइली,प्रजातान्त्रिक विचार समाजका प्रदेश नम्वर ४ का संयोजक दुर्गादत्त आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रम नेपाली काग्रेस जैमिनी नगरपालिका ५ नम्वर वडाका वडाध्यक्ष तोयानाथ आचार्यको अध्यक्षता र विमल आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung