२० जेष्ठ २०८३, बुधबार

 

बागलुङको समिृद्धको लागि मेरो उम्मेद्ववारी– शर्मा

संघीय समाजवादी फोरम तथा नयाँ शक्तिको संयुक्त गठबन्धनबाट बागलुङ नगरपालिकाको उपमेयर पदमा उम्मेद्वार बनेकी तारादेवी शर्माले बागलुङको समृद्धिको लागि आफुले उम्मेद्ववारी दिएको बताएकी छिन । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानमा जन्मिएकी ३१ वर्षीय शर्माले नयाँ शक्ति पार्टी नेपालको तर्फबाट उपमेयर पदमा उनले उम्मेद्वारी दिएकी हुन् ।

बागलुङ नगरपालिका भित्र घरदैलो कार्यक्रम गर्दै शर्माले नगरको क्षेत्राधिकार भित्रका विवादको निरुपण गर्न उपमेयरमा उम्मेद्ववारी दिएको बताइन । ‘न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था छ । त्यो समिति मार्फत् मेलमिलाप र न्यायिक कार्यलाई प्रभावकारी रुपमा काम गर्नेछु’ शर्माले भनिन् । न्यायिकको कामसँगै नगरको विकास योजना र व्यवस्थापनका विविध पक्षमा काम गर्ने मेरो योजना छ ।’ उनले नगरवासीको विकास र समृद्धिको सपना पूरा गर्नेे आफ्नो प्रमुख उद्देश्य रहेको बताईन ।
नगर भित्र रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक र पर्यटकीय क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको भन्दै उनले बागलुङको विकासका लागि नयाँ शक्ति पार्टीलाई विजयी गराउनुपर्ने बताईन । बागलुङ नगरपालिका भित्र संचालनमा नआएको पुरानो वलेवा विमानस्थल संचालनमा ल्याउनु पनि आफ्नो प्रमुख उद्देश्य रहेको शर्माले बताइन ।

यो विमानस्थल सञ्चालनमा आयो भने नगरको विकास र पर्यटकीय क्षेत्र विकासको लागि सहयोग हुने शर्माको भनाई छ । उनले आदिवासी जनजाति तथा महिलाहरुको आर्थिक अवस्थामा सुधार र आयआर्जनको लागि वैज्ञानिक प्रविधिमार्फत नयाँ कार्यक्रम ल्याउन र त्यसलाई पूरा गर्न पनि नयाँ शक्ति पार्टी आवश्यक रहेको बताइन ।tara1

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung