स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा जिल्लामा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सवै मतदान स्थलहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षालाई ध्यानमा राखेर शनिवारदेखि हवाई गस्ती र प्रत्येक मतदान स्थलहरुको रेकी समेत गरिएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए ।

४ नगर र ६ गाउपालिकामा भयरहित वाताबरणमा चुनाव सम्पन्न गर्नका लागि नेपाल प्रहरी,शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन भएको र नेपाली सेना तेस्रो घेरामा रहने गरी प्रत्येक स्थानीय तहमा १÷१ वटा नेपाली सेनाको टोली खटाइएको पाण्डेयले बताए । शसस्त्र प्रहरी नायव उपरीक्षक गमबहादुर कुवँरको कमाण्डमा जिल्लाभरी ६० जना शसस्त्र प्रहरी परिचालन भएको जनाइएको छ ।
१ सय ३ निर्वाचन स्थलहरुमा ६ सय ५० प्रहरी, ६० शसस्त्र प्रहरी र ६ सय म्यादी प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले बताए । प्रत्येक नगरपालिकामा २ प्रहरी न


रीक्षकको कमाण्डमा २ वटा प्रहरी टोली र प्रत्येक गाउपालिकामा एकजना प्रहरी निरीक्षकको कमाण्डमा एउटा प्रहरी टोली खटाइएको खापुङले बताए । पश्चिम बागलुङका ३३ मतदान केन्द्रहरुमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाईएको छ ।
बडिगाड गाउपालिकामा प्रहरी निरीक्षक प्रकाश दाहाल,निसीखोला गाउपालिकामा हरिबहादुर बस्नेत, तमानखोला गाउपालिकामा सुन्दर लाखे, ढोरपाटन नगरपालिका र बोबाङमा गोविन्द थापाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको इलाका प्रहरी कार्याल बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए ।













































































































































































































