५ श्रावण २०८३, मंगलवार

 

स्थानीय स्तरको विकासलाई गति दिन नेपाली काग्रेसको विकल्प छैन— थापा

नेपाली काग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले स्थानीय स्तरमा हुने विकासलाई गति दिन नेपाली काग्रेसको विकल्प नभएको बताएका छन । काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा नेपाली काग्रेंसको कार्यकर्ता भेटघाट तथा आमसभामा बोल्दै उनले विकासमा साथ दिने पार्टी नेपाली काग्रेस भएकाले नेपाली काग्रेसका उम्मेद्वारहरुलाई जिताउन आग्रह गरे । चुनाव प्रचार प्रसारको क्रममा रेशमा भएको चुनावी सभामा त्यहाँका सयौं स्थानीयको उत्साहजनक उपस्थित रहेको थियो । thapa1

यस्तै काठेखोला गाउँपालिकाका प्रमुख पदका उमेदवार होम बहादुर हमालले आफुलाई चुनाव जिताएमा काठेखोला बासी जनसमुदायले चाहेअनुसारको विकास गर्ने प्रतिबद्दता ब्यक्त गरे । कार्यक्रममा काठेखोला गाउँपालिकाका उप—प्रमुख पदका उमेदवार ज्ञानु श्रीष शर्मा, पुर्व पार्टी सभापति मणिभद्र शर्मा कडेंल, महाधिवेसन प्रतिनिधि पार्वती आचार्य, जिल्ला सदस्य चित्रा बहादुर कार्की, खिमानन्द पौडेल, नेविसंघका जिल्ला सभापती खडक थापा, नेविसंघ पुर्व पार्टी सभापति महेन्द्र कडेंल, जनसम्पर्क समिति आयरल्याण्डका अध्यक्ष नारायणदत्त कडेंल, जनसम्पर्क समिति जापानका अध्यक्ष डिपि कडेंल, नेपाली काग्रेंस काठेखोला गाउँपालिकाका सयोंजक ज्ञामनाथ कडेंल, वडा नम्बर ७ का वडाअध्यक्ष पदका उमेदवार नारायण कार्की, रेडक्रस बाग्लुंग शाखाका सभापति जब्बरबहादुर लामिछाने लगायतले बालेका थिए ।

वडा नम्बर ७ रेशका सहसयोंजक प्रेमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम मिलन कुँवर को स्वागत र नगेन्द्र कडेंलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung