
राष्ट्रिय पत्रकारीता दिवश आईतबार एक कार्यक्रम गरी मनाईएको छ । लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरी मनाईएको कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पूर्व अध्यक्ष रामबहादुर जिसी,प्रेस चौतारी नेपालका केन्द्रिय सचिव रामकृष्ण शर्मा,प्रगति पत्रकार संघका केन्द्रिय सदस्य ताराप्रसाद शर्मा,बागलुङ जेसीसका पूर्व अध्यक्ष सुदीप राजभण्डारी लगायतले बोलेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षता,उपाध्यक्ष नरेँश कडेँलको स्वागत मन्तव्य र सचिव राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।