५ श्रावण २०८३, मंगलवार

 

आधुनिक काठेखोला गाउपालिकाको निर्माणको लागि मेरो उम्मेद्वारी— हमाल

- काठेखोला गाउपालिका वडा नं १ पाला र घिमिमा चुनावी सभा सम्पन्न

काठेखोला गाउपालिका वडा नं १ पाला र घिमिमा चुनावी सभा सम्पन्न भएको छ । सो अवसरमा नेपाली काग्रेस काठेखोला गाउपालिकाका प्रमुख उम्मेद्वार होमबहादुर हमालले समृद्ध काठेखोला निर्माण सँगै कृषि,पशुपालन,शिक्षा,यातायात,संचार,घरेलु उद्योग,सहकारी लगायतका विकास निर्माण गर्ने आफुसँग स्पष्ट खाका भएको हुँदा नेपाली काग्रेसको चुनाव चिह्न रुखमा मतदान गर्न मतदाता समक्ष आग्रह गरे ।

त्यस्तै नेपाली काग्रेस काठेखोला नगर उपप्रमुख उम्मेद्वार ज्ञानकुमारी शर्मा श्रीसले महिला सशक्तिकरण र अधिकार प्राप्ति सँगै आधुनिक काठेखोला निर्माणका लागि आफु र आफ्नो टिमलाई निर्वाचित गर्न आग्रह गरिन । चुनावी सभामा पाला गाविसका पूर्व अध्यक्ष हरिप्रसाद शेरचन,नेपाली काग्रेस जिल्ला कार्य समितिका सदस्य खिमानन्द पौडेल, वडा नं १ का वडा अध्यक्ष उम्मेद्वार खडक थापा मगर, तरुण दल पालाका अध्यक्ष टिकाराम थापा, नेविसंघका प्रतिनिधी गंगा थापा लगायतका वक्ताहरुले बोलेका थिए ।
चुनावी सभा नेपाली काग्रेस काठेखोला १ का उपसभापति क्षेत्रबहादुर खड्काको अध्यक्षता,रनबहादुर थापाको स्वागत र सचिव गणेश नेपालीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung