४ श्रावण २०८३, सोमबार

 

अपाङगता भएका व्यक्तिहरुलाई सद्भावपूर्ण व्यवहार गर्नुपर्छ— प्रजिअ पाण्डे

खगेन्द्र विश्वकर्मा

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले अपाङ भएका जो कोही व्यक्तिहरुलाई पनि सद्भावपूर्ण व्यवहार गर्नुपर्ने बताएका छन । अपांग भएकाहरुलाई ह्विलचियर वितरण कार्यक्रममा बाल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले शारिरीक अपांगता भएका हरेक व्यक्तिहरु समाजका सदस्य भएकाले सार्वजनिक स्थलहरु अपांग मैत्रीपूर्ण बनाउनु पर्ने बताए ।


अपांग पुर्न स्थापना केन्द्र काठमाडौको सहयोग अपांग सरोकार बागलुङको सहआयोजना र अपांग भएका व्यक्तिहरुको संजाल बागलुङको आयोजनामा मंगलबार बागलुङमा १५ जना शारीरिक अपांगलाई हृईलचियर वितरण गरिएको छ ।


ह्विलचियर प्राप्त गर्नेहरुममा बल बहादुर कार्की दमेक,नरहरि चापागाईं दमेक , अनिस परिया , निरबहादुर नेपाली दमेक, कृष्ण खड्का रेश,दिलकुमारी घर्ती ताराखोला, हुमबहादुर थापा तंग्राम,अविलास कुमार किसान दमेक, रिहाना श्रेष्ठ कुस्मा , प्रसन्न सापकोटा बागलुङ , निसान विक लेखानि,पवित्रा केसी रामरेखा, गौमती कडेँल धम्जा, याम कुमारी सुनार गलकोट, प्रवेश पौड्ल भिमपोखरा गरि १५ जनालाई ९ बर्षदेखि ५५ बर्ष उमेरकालाई आरामदायी ह्विलचियर वितरण गरिएको थियो ।


कार्यक्रम अपांग पुर्नउत्थान काठमाडौका गंगाधर कडेलको अध्यक्षता,अपांग संजाल बागलुङको उपाध्यक्ष सन्तोष पौड्लको स्वागत र सचिव रामप्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung