३ श्रावण २०८३, आईतवार

 

भीर मौरीको मह उत्पादनमा गिरावट

खगेन्द्र विश्वकर्मा
ताराखोला गाउँपालिकाका विभिन्न सामुदायिक बन तथा भिरहरुमा उत्पादन हुने मौरीको मह यस बर्ष कम उत्पादन भएको छ । जुल्फे सामुदायिक बन र ठुलाभीर सामुदायिक बनमा विगतको बर्षमा ३ हजार लिटर सम्म ७ घार काटेर निकाल्ने गरेको तर अहिले भने ६ घार काढ्दा पनि २० लिटर मात्र रहेको जुल्फे सामुदायिक बनका सचिब नारायण घर्तीले बताए ।
‘अहिले बैशाख महिनामा बढि वर्षा भएकाले मौरीले आफै मह खाएको मह कमी भएको बताए । गत बर्ष सामुदायिक बनमा २ सय ३ उपभोक्तालाई १ लिटरका दरले वितरण गरेको पनि बाहिरी ग्राहकलाई बेचेर २५ हजार आम्दानी भएको उनले बताए ।
भिरमौरीको मह विभिन्न किसिमको रोगको उपचार गर्ने र स्वास्थका लागि लाभदायक भएकोले माग बढेको हो । तर,यसको संरक्षण र विकासको लागि कुनै बैज्ञानिक पद्धती नअपनाइदा भरमौरिको संरक्षण तथा मह उत्पादनमा कमि आएको घर्तीको भनाई छ ।
जेष्ठको अन्त्यतिर ठुलोभीर र डुदेलेखमा रहेको मौरीको मह निकाल्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung