७ जेष्ठ २०८१, सोमबार

 

पुस्तकालय बालबालिकाको आकर्षणको केन्द्र बन्दै

ताराखोला गाउपालिका ४ नेपाल मावि तारामा जिल्ला शिक्षा कार्यालय बागलुङको समन्वय NGDF को सहकार्य room to read को आर्थिक सहयोगमा प्राथमिक तहका बालबालिकाको सिकाई उपलव्धिमा सुधार हुँदै गएको छ ।


बालबालिकाको अध्ययन गर्ने बानीको विकास होस भन्ने उद्देश्यले सञ्चालित पुस्तकालयको नेपाल माबि ताराका प्रधानाध्यापक श्री भिमनाथ सुवेदीद्वारा उद्घाटन सम्पन्न भएको थियो ।
पुस्तकालयका प्रमुख दिपेन्द्र पौड्यालले प्राथमिक तहका शिक्षक र बिद्यार्थी मा पुस्तकालयको प्रयोग र उपयोगिता बारेको विषयबस्तु सहजीकरण गरेका थिए । NGDF बाट कुल ८ सय ३५ विभिन्न ६ समुह पुस्तक प्राप्त भएको र बाँकी खुल्ला समुहका पुस्तक आउने बताइएको छ ।


कार्यक्रम प्रधानाध्यापक भिमनाथ सुवेदीको अध्यक्षता, शिक्षक लोकबहादुर क्षेत्रीको स्वागत र शिक्षक बिबेक परियार को सन्चालन सम्पन्न भएको थियोे । त्यस्तै गरि मालारानी आधारभुत विद्यालय ताराखोला ६ मा पनि पुस्तकालय स्थापना गरी पठनपाठन सुरु भएको मालारानी आधारभुत विद्यालयका प्रधानध्यापक कर्णबहादुर केसीले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्