७ जेष्ठ २०८१, सोमबार

 

विद्यालयको भौतिक संरचना नहुँदा समस्या, १ देखि ३ कक्षाका विद्यार्थीहरुलाई एउटै हलमा

जिल्लाको पश्चिम निसिखोला गाउँपालिकामा रहेको ज्ञानेन्द्र माबिमा भौतिक संरचना नहुँदा विद्यार्थीहरुका पठनपाठनमा समस्या हुने गरेको छ ।
बिद्यालयको भवन सानो क्षमताको भएको तर बिद्यार्थीको संख्या धेरै भएको कारण पठनपाठन गर्न समस्या भएको बिद्यालयका प्रधानाध्यापक अमृता मगरले जानकारी दिए । उनले भनेँ ‘बिधालयको भबन सानो तर बिद्यार्थी धेरै हुदा यस्तो समस्या भएको हो । ’ कक्षा १ मा उक्त समस्या देखिएको छ । कक्षा १ मा ४५ देखि ५० जना सम्म बिद्यार्थी भएको बिद्यालयमा अध्यापन गराउदा समस्या भएको उनले बताए । विद्यालयको १ कक्षामा भवन मात्रै होईन डेस्क बेन्च जस्ता फर्निचर नहुँदा बालबालिकाहरु चिसो भूँइमा बस्न बाध्य छन । केही विद्यार्थीहरुले भने घरबाटै गुन्द्री लिएर आउने गरेका हुन ।

भवन अभावका कारण कक्षा १ देखि ३ कक्षाका विद्यार्थीहरुलाई एउटै हलमा कोचाकोच गरी राख्नुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ । बर्खा लागेसँगै विद्यार्थीहरु विद्यालयमा पानी चुहिने समस्या पनि उत्तिकै रहेको छ । विद्यालयको समस्याका बारेमा कुनै पनि संघसंस्था तथा जिल्ला शिक्षाले चासो नदेखाएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्