४ कार्तिक २०८३, मंगलवार

 

छुवाछुतमुक्त घोषणाको दिनलाई राष्ट्रिय दिवशको रुपमा बनाउन माग

‘नेपालमा छुवातुतमुक्त घोषणा, जेठ २१ र दलिय समुदायको बर्तमान अबस्था’ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । नेपाललाई २०६३ साल जेठ २१ गते छुवातुतमुक्त राष्ट्र घोषणा गरिएको १० बर्ष पुरा भएको सन्दर्भमा कार्यक्रम गरिएको हो ।

दलित सशक्तिकरण केन्द्र बागलुङको आयोजना र प्लान ईन्टरनेशनल नेपालको सहयोगमा आईतबार कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले छुवाछुतमुक्त घोषणा भएको दिनलाई सरकारी स्तरमै मनाउनु पर्नेमा जोड दिए । उनले छुवाछुत संवैधानिक तथा कानुनी रुपमा अन्त्य भएपनि पुरानो संस्कार भएका कारण मानबिय आदतमा कायर्म रहेको भन्दै व्यवहारिक अन्त्यको लागि सामाजिक जागरण आबश्यक रहेको बताए ।

कार्यक्रममा आयोजक दलित सशक्तिकरण केन्द्र बागलुङका अध्यक्ष अधिबक्ता यामबहादुर चर्मकारले प्रश्तुत गरेको अबधारणा पत्र माथि झण्डै दुई दर्जन तलित अधिकारकर्मी र समाजिक अगुवाले आफ्नो धारणा राखेका थिए । उनीहरुले नेपाल १० बर्ष पहिले कानुनी रुपमा छुवाछुत मुक्त भएपनि व्यवहारिक रुपमा अनुभुति हुन नसकेको भन्दै सवै एकजुट भएर कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिएका थिए । छुवाछुतमुक्त घोषणाको दिनलाई राष्ट्रिय दिवशकै रुपमा सरकारी स्तरबाट मनाउनुपर्ने बक्ताहरुको माग थियो ।

निरबहादुर विकले अबधारण पत्र माथि टिप्पणी गरेका थिए । कार्यक्रम दलित सशक्तिकरण केन्द्र बागलुङका अध्यक्ष यामबहादुर चर्मकारको अध्यक्षता, कार्यक्रम संयोजक श्याम विकको स्वागत र सचिब पर्शुराम बोहराको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung