३ कार्तिक २०८३, सोमबार

 

जग्गा प्राप्तिमा समन्वय गरेका प्रजिअ पाण्डेलाई पत्रकार महासंघको विदाई

बागलुङबाट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयलाई जिल्लाका बिभिन्न सघं संस्थाले छुट्टाछुट्टै बिदाई गरेका छन् ।
बिगत १५ महिनादेखी बागलुङमा कार्यरत रहनुभएका प्रमुख जिल्ला अधिकारी पाण्डेयले जिल्लामा रहँदा बिभिन्न क्षेत्रमा प्रभावकारी हिसावले कार्यसम्पादन र सहयोग गरेको भन्दै सघं संस्थाले बिदाई गरेका हुन् ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले महासंघको संस्थागत विकास र भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा महत्वपूर्ण भुमिका निर्वाह गरेकाले बिदाई गरेको छ ।
महासंघ र भवन निर्माण समितिका तर्फबाट शाखा अध्यक्ष दिल शिरीषले पाण्डेलाई महासंघको लोगो अंकित मायाको चिनो प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै प्रजिख पाण्डेले जिल्लामा रहँदा पत्रकारिता क्षेत्रबाट सकरात्मक साथ सहयोग मिलेको भन्दै महासंघ सँग सहकार्य गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताउनुभयो ।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार मुकेशचन्द्र राजभण्डारी, पूर्व अध्यक्ष तथा सल्लाहकार रामबहादुर जिसी, सल्लाहकारद्धय ज्ञानेन्द्र गौतम र कोपिला कंडेलले प्रजिअ पाण्डेले जिल्लामा रहँदा प्रशासनिक र सामामाजिक क्षेत्रमा गरेको पहल र प्रशसनीय कार्यका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रम महासघंका अध्यक्ष दिल शिरीषको अध्यक्षता र सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच, सोमवारनै बागलुङमा मानव सेवा आश्रम खोल्न उल्लेख्य भुमिका निर्वाह गरेका पाण्डेयलाई मानव सेवा आश्रमले एक कार्यक्रमका बिच बिदाई गरेको छ ।
आश्रमका तर्फबाट अध्यक्ष मनिस रायमाझीले प्रजिअ पाण्डेलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung