७ जेष्ठ २०८१, सोमबार

 

माझखर्क आधारभुत बिद्यालयमा विविध कार्यक्रम

पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर–७ मा रहेको माझखर्क आधारभुत बिद्यालयले आयोजना गरेको कार्यक्रमको उद्घाटन गरिएको छ ।
बडिगाड गाउपालिका वडा नम्बर–७ का वडा अध्यक्ष कृष्ण गुरुङले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमा बोल्दै गुरुङ जनताको कामका लागी आफुले जस्तो सुकै परिस्थितिमा पनि जनताकै काममा आफु सत्रिय भएर बडिगाडको वडा नम्बर ७ को बिकासका लागी आफुले काम गर्ने बताए ।

उनले जिर्ण बन्दै गएको बिद्यालयलाई शैक्षिक सुधारका लागी सहयोग गर्ने उनले बताएका छन । साथै बडिगाड गाउँपालिकाको वडा नम्बर ७ को बिकासे योजनाहरु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

कार्यक्रम बिद्यालयका शिक्षक बिद्यार्थी अभिभावक चन्दादाता लगाएतको उपस्थित रहेको थियो ।

यस अबसरमा विद्यालयले पुरुष भलिबल, डान्स, चम्चा दौड लगाएतका खेलकुद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम पर्सिसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्