७ जेष्ठ २०८१, सोमबार

 

जनप्रतिनिधिबाट विद्यालयमा अक्षय कोष स्थापना

गलकोट नगरपालिका वडा नम्बर ७ का नवनिर्वाचित वडा सदस्य लोक बहादुर थापाले दीपज्योति आधारभूत विद्यालय मल्ममा रु ५० हजारको अक्षय कोष स्थापना गरेका छन् ।

विद्यालयले आयोजना गरेको जनप्रतिनिधि सम्मान तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा थापाले स्वर्गीय बुबा शशिधर थापा आमाहरू कर्ण कुमारी थापाको स्मृतिमा अक्षय कोष स्थापना गरेका हुन् ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ७का निर्वा्चित वडा अध्यक्ष टीका बहादुर थापा, वडा सदस्यहरु दल बहादुर थापा, लोकवहादुर थापा लाई विद्यालय र चिसापानी आमा समूह ले संयुक्त रुपमा सम्मान गरेका थिए ।
कार्यक्रममा पत्रकार थम्मन थापा सन्देश, गलकोट समाज जापानका सहसचिव कुलवीर थापा लाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्बर–७ का अध्यक्ष टिका बहादुर थापाले स्थानिय विकासको आधार शिक्षा भएको भन्दै आफुहरुले शैक्षिक सुधारलाई पहिलो प्राथमिकता दिने बताए ।

कार्यक्रममा वडा सदस्यहरु दल बहादुर थापा, लोक वहादुर थापा, प्रेस सेन्टर गलकोटका अध्यक्ष थम्मन थापा सन्देश, विद्यालयका प्रधानाध्यापक शारदा देवी शर्मा लगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा ४३ जना छात्रा र ११ जना दलित छात्र लाई छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त क्षेत्रीको अध्यक्षता, शिक्षक जीवन ज्योति बिकको स्वागत मन्तव्य र शिक्षक वीरबहादुर चोखालका ेसञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्