७ जेष्ठ २०८१, सोमबार

 

मालारानी आधारमुत विद्यालय ताराखोलामा छात्रवृत्ति वितरण

ताराखोला गाउँपालिकाको वडा नम्बर–५ मा रहेको मालारानी आधारभुत विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति सहित गत शैक्षिक सत्रमा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरिएको छ ।

विद्यालयमा शुक्रबार एक कार्याक्रम गरि शैक्षिक सत्र २०७३ मा विभिन्न कक्षामा प्रथम, द्वितिय, तृतिय हुने तथा अनुसाशित विद्यार्थीलाई पुरस्कृति गरिएको विद्यालयका शिक्षक कमल घर्तीले जानकारी दिए ।

विद्यालयका ७० भन्दा धेरै विद्यार्थीलाई विभिन्न विधामा ३६ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कर्णबहादुर केसीले विद्यार्थी जहिले पनि सिकाईका लागि जागरुक हुनुपर्ने बताए ।

शिक्षक अभिभावक संघका अध्यक्ष चण्डीप्रसाद सापकोटाले आफ्नो वालवालिकालाई उचित सिकाईका लागि उचित वातावरण बनाउने जिम्मेवारी अभिभावकको पनि रहेको भन्दै शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला पक्ष विच सहकार्य आबश्यक रहेको बताए ।

सो अवसरमा शिक्षक सोनिया सापकोटाले पनि मन्तव्य मन्तव्य राखेकी थिईन् ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेतुलाल आचार्यको अध्यक्षता, शिक्षक कमल घर्तीको स्वागत र अर्का शिक्षक मनबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्